नेभिगेशन
समाज

भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

१३ हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या ४६९ जना पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विहान ८:३० बजेसम्मको तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रमा ४६९ जनाको शव फेला परेको छ । 

Ncell
Extreme Energy

चितवनमा १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

प्रहरीकाअनुसार बाढीमा परी ९७७ जना सम्पर्क विहीन छन् ।  

प्राधिकरणकाअनुसार हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ । उद्धारमा नेपाली सेनाका ६ वटा र निजी ९ गरी १५ वटा हेलिकप्टर खटिएका छन् । 

उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी ७ हजार २५०, नेपाली सेना ४ हजार २ सय, सशस्त्र प्रहरी १ हजार ८४५ खटिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...