नेभिगेशन
समाज

हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ

मन्त्रालयको टोली घटनास्थलतर्फ प्रस्थान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखांकन तथा उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री श्रेष्ठका अनुसार साइटको अवस्थाबारे जानकारी संकलन तथा उद्धारका लागि सुरुदेखि नै निरन्तर खटिँदै आएका बिनुकुमार बरालसहितको टोली केहीबेर अघि थप हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको छ । 

Ncell
Extreme Energy

प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको उद्धार प्रयासलाई सम्भव भएसम्म सुरक्षित र प्रभावकारी ढंगले अघि बढाउन सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठकाअनुसार उद्धारका निम्ति नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक आनन्द ढुंगेलले आवश्यक समन्वय र सहकार्य गरिरहेका छन् । 

महाविपत्तिको यस कठिन घडीमा उद्धार तथा पुनःस्थापनाका लागि निरन्तर खटिएका प्राविधिक, कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित सबैको प्रयासप्रति मन्त्री श्रेष्ठले सम्मान व्यक्त गरेका छन् ।

साथै, सम्पर्कविहीन आफन्त तथा प्रियजनको प्रतीक्षामा रहेका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै उनले धैर्य धारण गर्ने शक्ति मिलोस् र सम्पर्कविहीन सबैको सकुशल उद्धार हुन सकोस् भन्ने कामनासमेत गरेका छन् । 

रसुवा बाढीबाट १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनाको सुरुङमा पाँच सय बढी मजदुर, कर्मचारी र स्थानीय फसेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...