नेभिगेशन
समाज

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

कुनै माध्यमबाट टनेलभित्र अक्सिजन पुर्याउन प्रयास जारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, 'आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।'  

Ncell
Extreme Energy

मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको जानकारी गराए । 

श्रेष्ठले राति पनि खोज तथा उद्धार र टनेलको मुहान खोल्न काम भइरहेको बताए । 'राति पनि काम रोकेका छैनौं । राति रोक्यो भने आसै मर्छ । जे जस्तो छ भेटाउन सकिन्छ भन्नका लागि बरु हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ कि निरन्तरता दिनेवाला पार्ट हामी गरिरहेका छौं,' उनले भने । 

खोज तथा उद्धारका लागि नेपाल विद्युत प्राधिकरण र मन्त्रालयबाट उच्च तहका विज्ञ अधिकारीहरु परिचालन गरिएको मन्त्री श्रेष्ठले बताए । 'हाम्रो नुवाकोटको ट्याक्टिकल अफिसले सक्रियरुपमा काम गरेको छ । सिनियर लेभलको म्याजेनमेन्ट टिम नुवाकोटमा छ । अर्को सिनियर लेभलको टिम रसुवामा छ,' उनले भने । 

मन्त्री श्रेष्ठले उद्धारका लागि आवश्यक स्रोत, साधन र समन्वयका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । 

मन्त्री श्रेष्ठले टनेलभित्र फसेका नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता भन्दै कुनै माध्यमबाट अक्सिजन पुर्याउन प्रयासरत रहेको बताए । 'उद्धार हुनुअघि कुनै माध्यमबाट अक्सिजन टनेलभित्र पुर्याउन प्रयासरत छौं । उद्धार भएपछि त अस्पतालमा पनि राख्न सकिन्छ । पहिला जिवित हुनुपर्छ । त्यसका लागि अक्सिजन कुनै पाइपबाट पुर्याउन सकिन्छ कि भनेर लागेका छौं,' उनले भने । 

मन्त्रालयले पीडित परिवारलाई नियमित आधिकारिक सूचना दिने पनि मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए । 

ऊर्जा मन्त्री श्रेष्ठसँगको भेटमा पीडित परिवारका सदस्यले तीनवटा माग गरेका थिए ।

पीडित परिवारले टनेलभित्र जीवित वा मृत्यु के अवस्था हो छिटोभन्दा छिटो जानकारी दिनुपर्ने माग राखेका थिए । यसैगरी टनेलभित्र बाच्ने व्यवस्था मिलाउनुपर्ने, कम्तीमा अक्सिजनको व्यवस्था गरिदिनुपर्यो भनेका थिए । 
यसैगरी उद्धारका लागि इक्विपमेन्टको जे जे चाहिन्छ व्यवस्था गरिदिनुपर्यो भनेका थिए । 

रसुवा बाढीबाट १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ भने विभिन जलविद्युत आयोजनाको टनेलभित्र पाँचसय भन्दा बढी मजदुर, कर्मचारी र स्थानीय फसेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...