नेभिगेशन
समाज

सेनाद्वारा २१६ विदेशीसहित २६९७ जनाको उद्धार, ८ हजार बढी सैनिक परिचालन

काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले २ हजार ६९७ जनाको उद्धार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार विहान सार्वजनिक गरेको विवरणअनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरुबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक २१६ (१२१ भारतीय, ४ जर्मन, ७२ चिनिया, २ अमेरिकन, २ इटालियन, १ ओमान, १५ कोरियन) सहित २४९७ जनाको उद्धार गरेको छ । यसैगरी स्थल उद्धार २ सय जना गरी जम्मा २६९७ जनाको उद्धार गरिएको छ । 

Ncell
Extreme Energy

प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ८ हजार ३ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा कार्य गरिरहेको निर्देशनालयले जनाएको छ । 

विभिन्न उपकरणहरूको प्रयोग गरी हाइड्रो पावरका टनेलहरूको प्रवेशद्वार पत्ता लगाउने क्रममा त्रिशुलि हाईड्रो पावरको ३ ए टनेलको प्रवेशद्वार पत्ता लगाउन रातभर भइरहेको कार्यको दौरान राति २ बजे पश्चात ठूलो बर्षात र खोलाको सतह बढी खाडलमा समेत पानी भरिएकोले कार्य केही समय रोकिएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...