नेभिगेशन
समाज

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

छिटो सुरुङबाट निकालेर काठमाडौँ ल्याइदिन माग

काठमाडौँ । रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर उनीहरुले मन्त्री विराज भक्त श्रेष्ठलाई भेटी टनेलमा फसेकाहरुको उद्धारका लागि द्रुत गतिमा भइरहेको उद्धार कार्यका लागि धन्यवाद दिएका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले छिटो सुरुङबाट निकालेर आफ्नो आफन्तलाई काठमाडौँ ल्याइदिन अनुरोध पनि गरेका छन् । उद्धारका लागि चाहिने आवश्यक उपकरण, अक्सिन पनि पठाउन अनुरोध गरेका छन् । 

मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ हाइड्रो टनेलमा उद्धार कार्य निकै अगाडि बढेको र त्रिशूली–३ ‘बी’ मा पनि विशेषज्ञसहित  १८ सदस्यीय सेनाको टोलीले काम सुरु गरेको जानकारी गराएका थिए । 

पीडित परिवारले शनिबार मन्त्री श्रेष्ठलाई भेटी तीनवटा माग राखेका थिए । पहिलो आफ्ना आफन्तको वास्तविक अवस्थाबारे जानकारी दिनुपर्ने, दोस्रो टनेलभित्र अक्सिजन पठाउनुपर्ने, तेस्रो आवश्यक स्रोत साधन र उपकरण परिचालन गर्नुपर्ने माग थियो । 

मागअनुसार टनेलमा ड्रिलिङ गरी अक्सिजन पठाएर खोज तथा उद्धारलाई तीव्रता दिएपछि पीडित परिवारका सदस्य मन्त्रालय आएर मन्त्रीलाई धन्यवाद दिँदै छिटो उद्धार गरेर काठमाडौँ ल्याइदिन अनुरोध गरेका हुन् । 

मन्त्री श्रेष्ठले फिल्डमा उद्धार टोली परिचालन भइरहेको, आवश्यक सामग्री तयारी अवस्थामा रहेको जानकारी गराएका थिए । पीडित परिवारले आज बेलुकासम्म उनीहरुको अवस्थाबारे जानकारी गराइदिन अनुरोध गरेका थिए । 'बेलुकासम्म उनीहरुलाई काठमाडौँ ल्याउने वातावरण बनाउन लागिदिनुस्,' उनीहरुले भने । 

मन्त्री श्रेष्ठले उद्धारका लागि उच्च स्तरमा समन्वय भइरहेको भन्दै छिटै सुखद परिणाम आउने विश्वास दिलाएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...