नेभिगेशन

सिधाकुरा विशेष

युरोपमा जारी आन्दोलन र नेपालको जेनजी आन्दोलनबीच कति समानता ?

काठमाडौँ । विगत तीन दिनदेखि युरोप अशान्त छ । लाखौं मानिस सडकमा छन्। हजारौं सुरक्षाकर्मी परिचालित छन् । प्रदर्शन क्रमिक रुपमा हिंसात्मक बन्दै छ । आगजनी तोडफोड र लुटपाट बढेको छ । युरोपका शक्ति सम्पन्न राष्ट्रहरु नै क्रमिक रुपमा संकटमा धकेलिँदैछन् । अहिले युरोपमा जे भइरहेको छ, यसको तुलना ठीक एक वर्षअघि नेपालमा भएको जेनजी विद्रोहसँग गरिँदैछ । युरोपमा युवा विद्यार्थीले जारी राखेको आन्दोलन र नेपालमा गत वर्ष नवयुवाहरुले गरेको विद्रोहका बीचमा धेरै समानता छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मानवअधिकार र सामाजिक सुरक्षाका दृष्टिले युरोपेली मुलुक अत्यन्त उदार र जिम्मेवार मानिन्छन् । नागरिकप्रति राज्यको जिम्मेवारी निर्वाहमा पनि युरोपेली मुुलुक संसारमै अग्रपंक्तिमा आउँछन् । तर, त्यही युरोप अहिले अशान्त छ । किन रु यो भिडियोमा अहिले युरोपमा के भइरहेको छ र त्यसको कारण के हो भनेर चर्चा गर्दैछौं । अनि, युरोपमा जारी युवा विद्यार्थीको आन्दोलन र नेपालको जेनजी विद्रोहका समानताको पनि केलाउने छौं । 

युरोपका विशेषगरी फ्रान्स, बेल्जियम, इटाली र पोर्चुगलमा ठूला आन्दोलन भइरहेका छन् । तीमध्ये फ्रान्स र इटालीमा दैनिकजसो प्रदर्शन चर्किँदो छ । फ्रान्स र इटालीमा आन्दोलनले हिंसात्मक रुप लिइरहेको छ । 

शनिबार दिउँसो फ्रान्समा करिब साढे ५ लाख मानिस सडकमा निस्किए । राजधानी पेरिसमा मात्रै सवा लाखभन्दा बढी मानिस प्रदर्शनमा उत्रिए । कुनै घटना विशेषको विरोधमा भन्दा पनि समग्र शासन प्रणालीको विरोधमा मानिसहरु सडकमा उत्रिएका हुन् । त्यसैले सबैको आक्रोश सरकारप्रति छ । सडकमा भीड बढ्दै गएपछि प्रहरीको तैनाथी पनि बढाइएको थियो । तर, आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूको नारा लगाइरहेका थिए– ‘प्रहरी कसैलाई मन पर्दैन’, ‘म्याक्रोँ राजीनामा देऊ’ । फ्रान्समा इम्यान्युएल म्याक्रोँ राष्ट्रपति छन्। 

सडकमा भीड यति बढ्यो कि प्रहरीले थेग्नै सकेन, रोक्नै सकेन । भीड उग्र बन्दै गयो । पुरातात्त्विक भवनमा आगजनी गरियो, व्यापारिक भवनमा तोडफोड र लुटपाट भयो । सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण पेरिसका महत्वपूर्ण संरचना क्षणभरमै आगोको चपेटामा परे । शनिबार पेरिसमा लागेको आगो र एक वर्षअघि काठमाडौंमा लागेको आगो धेरै हदसम्म तुलना गर्न मिल्छ । 
शनिबार सुरु भएको प्रदर्शन अझै रोकिएको छैन । कतिपय स्थानमा आगो अझै निभेको छैन । नागरिकको आक्रोश आगोको लप्कामा परिणत भएको छ । 

राजधानी पेरिसमा मात्र प्रहरीले कम्तीमा साढे ८ सय प्रदर्शनकारीलाई पक्राउ गर्यो । अचम्म त के छ भने तीमध्ये १ सय ७१ त नाबालिग छन् । युवा विद्यार्थीले सुरु गरेको आन्दोलनमा किशोर किशोरी पनि सहभागी भएका छन्, तिनका अभिभावकले पनि साथ दिएका छन् । 

फ्रान्समा यति ठूलो आन्दोलन किन भयो त रु यसको पृष्ठभूमि त्यति लामो छैन । गएको सेप्टेम्बरको तेस्रो हप्तातिर पेरिसबाट दक्षिणपूर्वमा पर्ने सानो सहर क्रेतेइलमा एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, कक्षाकोठाको बिजोग जस्ता मुद्दा उठाएर सानो प्रदर्शन गरेका थिए । तर सामाजिक सञ्जालको प्रभावले त्यो विरोधको भिडियो देशव्यापी रुपमा फैलियो । १० दिनभित्रमै यो मुद्दा राष्ट्रिय मुद्दा बन्यो । विभिन्न समूहले भीडभाडयुक्त कक्षा, शिक्षक अभाव, अपर्याप्त भौतिक पूर्वाधार र अरू थुप्रै गुनासाहरू सम्बोधन गर्न भन्दै माग राख्न थाले । विद्यार्थी संगठन र अभिभावकहरूको समर्थनसँगै यो प्रदर्शन एउटा आन्दोलनमा रूपान्तरण भयो । त्यसपछि अक्टोबर ६ मा विशाल सडक आन्दोलन भएको थियो । जहाँ २ सय १५ युवा, ८५ शिक्षक कर्मचारी र ७ सयभन्दा बढी प्रहरी घाइते भए । आन्दोलनले निरन्तरता पाउँदै गर्दा माग पनि थपिँदै गयो । विद्यालयको भौतिक पूर्वाधार अभावबाट सुरु भएको आन्दोलनलाई विद्यार्थीहरुले महँगी र इन्धन मूल्यवृद्धि विरुद्ध पनि केन्द्रित गरे । 

विद्यार्थी आन्दोलनमा पहेँलो टिसटधारी समूह अर्थात यल्लो भेस्ट समूहले पनि ऐक्यबद्धता जनायो । जसका कारण आन्दोलन हिंसात्मक बन्न पुग्यो । यल्लो भेस्ट समूह यातायात मजदुरहरुको समूह हो, जसको उदय सन् २०१८ मा भएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोँले इन्धनमा कर वृद्धि गर्ने योजना अघि सारेपछि यातायात मजदुर तथा चालकहरुले २०१८ को नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन गरे । उनीहरुले पहेँलो टिसट लगाएर प्रदर्शन गरेकाले उनीहरुको समूहको नाम यल्लो टिसट रहेको हो । त्यतिबेला यल्लो टिसट समूहको आन्दोलनका कारण म्याक्रोँ सरकार आफ्नो योजनाबाट पछि हटेको थियो । अहिले पनि विद्यार्थीको आन्दोलनमा त्यही समूह मिसिएको छ ।

पछिल्लो समय, फ्रान्समा इन्धन र ऊर्जाको मूल्य वृद्धि हुँदा आम नागरिकलाई जीवनयापन खर्च बढिरहेको छ । महँगी वृद्धिकै कारण सरकारप्रति युवा विद्यार्थी मात्रै नभई आम नागरिक असन्तुष्ट छन् । त्यही असन्तुष्टिले आन्दोलनलाई बल पुयाइरहेको छ । 
फ्रान्समा जस्तै गरी शनिबार बेल्जियम, इटाली र पोर्चुगलमा पनि बेग्ला बेग्लै प्रदर्शन भए । बेल्जियममा शिक्षा बेथिति, बढ्दो पढाइ खर्च र उच्च शिक्षामा पहुँच सीमित हुने जोखिमविरुद्ध शनिबार प्रदर्शन गरे । यो प्रदर्शन विश्वविद्यालय रजिस्ट्रेसन शुल्कविरुद्ध केही सातादेखि नै जारी थियो ।

उता इटालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनमा आएका केही व्यक्तिले आगजनी र लुटपाट मच्चाए । यो प्रदर्शन मूलतः संसारभर जारी युद्ध र बढ्दो जीवनयापन खर्चको विरुद्धमा थियो ।

इटालीमा लगातार दोस्रो दिन आइतबार पनि लुटपाट र अनियन्त्रित विरोध प्रदर्शन भयो । शनिबार पनि मिलानसहित बोलोग्ना, ब्रेस्सिया, बेर्गामो र टुरिन सहरहरूमा लुटपाट, झडप र अनियन्त्रित विरोध प्रदर्शन भएको थियो । शनिबारको तुलनामा आइतबारको प्रदर्शन हिंसात्मक बन्यो । मिलानमा त  आइतबार प्रदर्शनकारीहरुले ढुंगामुडा, पसलहरुमा तोडफोड, आगजनीको प्रयास र लुटपाट गरे । मिलानको केन्द्रमा रहेको पिज्जा डेल डुमोमा उनीहरुले प्रज्वलनशील पदार्थ तथा फोहोरका कन्टेनरहरु प्रहार गरेका थिए । 

युरोपमा जारी पछिल्लो प्रदर्शनको सुरुवात भने स्पेनबाट भएको थियो । स्पेनमा त संसद नै विघटन भएको छ र मध्यावधि चुनावको घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी २९ नोभेम्बरमा मध्यावधि चुनावको घोषणा गरेका छन् । 

देशमा आकासिँदो घरभाडा र आवास संकटलाई लिएर जनआक्रोश बढेपछि सरकार मध्यावधि चुनावमा होमिएको हो । गत महिना मात्रै ८७ वर्षीया एक वृद्धाको घरभाडा ह्वात्तै बढाइएपछि त्यसको विरोधमा देशभर प्रदर्शन सुरु भएको थियो। 

ती वृद्धाको मासिक घरभाडा ५०० युरोबाट बढाएर २,६५० युरो पु¥याइएको थियो। व्यापक विरोधपछि भाडा घटाएर १,६५० युरो कायम गरिए तापनि त्यो उनको हैसियतभन्दा बाहिर थियो । यस घटनाले देशव्यापी रूपमा आवास संकटको मुद्दालाई सतहमा ल्याएपछि प्रधानमन्त्री सान्चेजको सरकारले संसद्मा आपत्कालीन आवास विधेयक र राहत प्रस्तावहरू पेस गरेको थियो।

तर, संसद्मा बहुमत नपुग्दा उक्त प्रस्तावहरू अस्वीकृत भए। संसदीय गतिरोध र जनप्रदर्शन तीव्र बनेपछि प्रधानमन्त्री सान्चेजले नयाँ जनादेशका लागि मध्यावधि चुनावमा जाने निर्णय गरेका हुन्।

रुस र युक्रेनबीच वर्षौंदेखि युद्ध जारी छ । पछिल्लो पटक पश्चिम एसिया पनि अशान्त छ । इरान–अमेरिका युद्ध, इजरायल–प्यालेस्टाइन युद्ध, इजरायल–इरान युद्ध लगायतले एकातिर शक्ति राष्ट्रहरुको रक्षा खर्च बढिरहेको छ भने अर्कोतिर संसारभर इन्धन खर्च बढिरहेको छ । इन्धनमा खर्च वृद्धि हुँदा आम नागरिकको जीवनयापत खर्च बढेको छ । खर्च वृद्धिको तुलनामा आम्दानी वृद्धि भएको छैन । जसका कारण संसारभरका मानिस प्रभावित बनेका छन् । नेपाललाई भ्रष्टाचार र नातावादले गाँज्यो, शक्ति राष्ट्रहरुलाई युद्धले गाँज्दैछ । युद्ध होस् कि भ्रष्टाचार, असर गर्ने जनतालाई नै हो । अहिले युरोपमा देखिएको अशान्तिको वातावरण पनि त्यसैको प्रतिफल हो ।

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया