नेभिगेशन
सबै कुरा

भारतमा भेप तस्करीः तेस्रो खेप गर्दागर्दै प्रहरीको पञ्जामा

मकवानपुर । मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाललाई नेपालबाट भेप (विद्युतिय चुरोट) को अवैध तस्करीबारे बारम्बार सूचनाहरु आइरहेका हुन्थे । आएका सूचना फलो गरेर कयौं पटक उनको टीमले अपरेसन चलाउँथ्यो ।  तर,कति पटकत प्रहरी रित्तो हात हुन्थ्यो । सोही क्रममा केही दिनअघि प्राप्त भेप तस्करीको सूचनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सफलता मिल्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आएको सूचना पछ्याउँदै अपरेसन चलाउँदा ११ हजार थान भन्दा धेरै भेप भारतको राजधानी दिल्ली लैजाँदै गर्दा मकवानपुरको थानाभ¥याङमा बरामद भयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सिताराम रिजालकाअनुसार पर्यटक रहेको भनी रिजर्भ गरिएको बसको सिटमा फल्स बटम बनाएर उक्त भेप भारत लगिदै थियो । ‘गएराति इलेक्ट्रीक चुरोटसहित ५ जनालाई पक्राउ गरिएको छ । काठमाडौँबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानका लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली ल्याएको सो परिमाणको भेप बरामद गरिएको हो,’ एसपी रिजालले भने ।  

Ncell
Extreme Energy

रिजालकाअनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौैंडा– ११ थानाभर्याङमा सो बसलाई चेक गर्दा बसमा लुकाइ ल्याएको करिब दुई करोड ७१ लाख २१ हजार मूल्य बराबरको भेप प्रहरीले फेला पारेको हो ।

रिजालकाअनुसार ३६ सिट क्षमता भएको सो बसमा २३ जना यात्रुलाई काठमाडौँदेखि भारतको दिल्लीसम्म लैजाने भनिएको थियो । यात्रु बस्ने हरेक सिटको माथि फल्स बटम बनाइ भेपका कार्टुनहरु राखिएको एसपी रिजालले बताए । 

भेपसहित पक्राउ पर्नेमा बस चालक दोलखा भीमेश्वर २ का २७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी ११ का २७ वर्षीय प्रविन्द्र राना, धनकुटा बेलरा नगरपालिका राजकुमार हिमाङ, नुवाकोट दुप्चेश्वर ७ का ईन्द्र बहादुर जर्सी र सोहि स्थानका ३० बर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ । 

तेस्रो खेपमा पक्राउ  

बिहिबार राति पक्राउ परेकाहरुले प्रहरीमा दिएको बयानअनुसार काठमाडौँको बालाजु भत्केको पुल नजिकको रमाईलो डाँडाबाट उक्त भेप बसमा लोड गरिएको थियो । सो समूहले नेपालबाट जाँदा भेप लिएर जाने र फर्किदा ह्वीस्की त्यसैगरी ल्याउने गरेको एसपी रिजालले सिधाकुरालाई बताए ।‘यसअघि पनि पटक–पटक भेप दिल्ली लैजाने गरेका थियौँ । यो तेस्रो पटक थियो,’ पक्राउ परेकाहरुको भनाई उधृत गर्दै रिजालले भने, ‘यताबाट जाँदा भेप लिएर जाने र आउँदा भन्सार छलिका मदिरा ल्याउने गरेको उनीहरुले बताएका छन् ।’  

सो बसले यात्रुहरुलाई पर्यटकका रुपमा भारत लैजाने गरी गत असार ५ गते भारतीय दुताबासबाट बाटो इजाजत लिएको फेला परेको प्रहरीको भनाई छ । पक्राउ परेको भेप भन्सार छलीको भएको एसपी रिजालले बताए । उनीहरुलाई भेपसहित राजश्व अनुसन्धान पथलैया कार्यालय बुझाइएको छ । 

किन हुन्छ भेपको भारत तस्करी

भारतमा झण्डै २३ करोड ६० लाख युवा पुस्ता भेपको लतमा रहेको एक अध्ययनले देखाएको छ । उनीहरु क्यान्सरको उच्च जोखिममा रहेको चेतावनीपछि यसको प्रयोगलाई निरुत्साहित गरिँदै छ ।  जसअनुसार भारत सरकारले विद्युतिय चुरोट भित्रिन प्रतिबन्ध लगाएको छ । भारतमा आयात हुने भेपको ठूलो हिस्सा चीनको भएको र प्रतिबन्धका कारण भारतमा सिधै आयात गर्न कठिन भएपछि तस्कर समूहले चीनबाट नेपालमा भेप आयात गरेर त्यसलाई भारतीय भूमिमा पुर्याउने गरेको देखिएको छ । 

यसरी हुने तस्करीबाट पहिलो त नेपालबाट औपचारिक रुपमा डलर बाहिरिन्थ्यो भने त्यसरी डलरमा किनेको भेप भारतीय बजारमा भारुमा अवैध बिक्रि गरिन्थ्यो । यस्तो तस्करी नेपालको वित्तीय प्रणालीमै सिधै असर गर्ने मात्रै नभई नेपाल भारत व्यापारिक सम्बन्धमा नै अप्ठ्यारो पार्ने गर्दछ । त्यसैले प्रहरीको प्राथमिकता थियो भेपको तस्कारी विरुद्धको कारबाही । 

औपचारिक आयात रोकियो, तस्करी मौलायो

सरकारी तथ्याङ्कअनुसार भन्सार तिरेर गत वैशाख पछि भेपको आयात भएको छैन् । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म भन्सार बिन्दु भएर एक लाख ४६ हजार १२ थान भेप नेपाल भित्रिएको छ । जसको लागत रकम २ करोड ८६ लाख ४ हजार मात्रै हो । भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काकाअनुसार राज पत्रमा सूचना ननिक्लिए पनि स्वास्थ्य सेवा विभाग अन्र्तगत स्वास्थ्य शिक्षा सूचना केन्द्रको पत्रअनुसार भेपको आयात रोकिएको छ ।

बिहिबार मकवानपुर प्रहरीले समातेको भेपको मूल्य २ करोड ७६ लाख रुपैयाँ हाराहारी छ । एपसी रिजालकाअनुसार भेपमा रहेको क्वीआर स्क्यान गरेर मूल्य हेर्दा सो मूल्य पत्ता लागेको हो । बरामद गरेको भेप भन्सार छलीको भएको प्रहरीले बताएको छ । औपचारिक भन्सार प्रणालीबाटै आयात भए बराबरको आयात परिमाण तर मूल्य भने निकै फरक देखिएपछि औपचारिक भेपको आयतमा न्युन मूल्य घोषणा हुने गरेको आशंका देखिएको छ । 

गत वर्ष मात्रै नेपालमा ३२ लाख २८ हजार थान भेप आयात भएको थियो । जसको आयात लागत मूल्य २१ करोड ३९ लाख रुपैयाँ बराबर मात्रै भनिएको छ । भेपमा लुकाएर भारततर्फ सुनको तस्करी भएको यस अघि विभिन्न अनुसन्धानले देखाए पनि सरकारी निकायले पेभको आयात गर्नेहरुमाथि बिस्तृतमा अनुसन्धान गरेको छैन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव फेला परेको हो।
काठमाडौँको टेकुमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय सहित ३ जना पक्राउ

काठमाडौँको टेकुमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय सहित ३ जना पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक राज सोनी रहेका छन् । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पुगेको टोलीलाई आक्रमण प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाइएको छ ।
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो...
मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि ,  ३९ लाख क्षतिपूर्ति भराउन आदेश

मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि , ३९ लाख क्षतिपूर्ति भराउन आदेश

प्री-एक्लेम्पसिया भएका बिरामीलाई शल्यक्रिया पूर्व दिनु पर्ने औषधी नदिइएको, आफैले नियमित परीक्षण गरिरहेको बिरामीको स्वास्थ्य जटिलताबारे पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका विषयमा अस्पताल र चिकित्सकको लापरवाही पुष्टि...

भर्खरै