नेभिगेशन
सबै कुरा

भारतमा भेप तस्करीः तेस्रो खेप गर्दागर्दै प्रहरीको पञ्जामा

मकवानपुर । मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाललाई नेपालबाट भेप (विद्युतिय चुरोट) को अवैध तस्करीबारे बारम्बार सूचनाहरु आइरहेका हुन्थे । आएका सूचना फलो गरेर कयौं पटक उनको टीमले अपरेसन चलाउँथ्यो ।  तर,कति पटकत प्रहरी रित्तो हात हुन्थ्यो । सोही क्रममा केही दिनअघि प्राप्त भेप तस्करीको सूचनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सफलता मिल्यो । 

आएको सूचना पछ्याउँदै अपरेसन चलाउँदा ११ हजार थान भन्दा धेरै भेप भारतको राजधानी दिल्ली लैजाँदै गर्दा मकवानपुरको थानाभ¥याङमा बरामद भयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सिताराम रिजालकाअनुसार पर्यटक रहेको भनी रिजर्भ गरिएको बसको सिटमा फल्स बटम बनाएर उक्त भेप भारत लगिदै थियो । ‘गएराति इलेक्ट्रीक चुरोटसहित ५ जनालाई पक्राउ गरिएको छ । काठमाडौँबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानका लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली ल्याएको सो परिमाणको भेप बरामद गरिएको हो,’ एसपी रिजालले भने ।  

Dish home
City Express

रिजालकाअनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौैंडा– ११ थानाभर्याङमा सो बसलाई चेक गर्दा बसमा लुकाइ ल्याएको करिब दुई करोड ७१ लाख २१ हजार मूल्य बराबरको भेप प्रहरीले फेला पारेको हो ।

रिजालकाअनुसार ३६ सिट क्षमता भएको सो बसमा २३ जना यात्रुलाई काठमाडौँदेखि भारतको दिल्लीसम्म लैजाने भनिएको थियो । यात्रु बस्ने हरेक सिटको माथि फल्स बटम बनाइ भेपका कार्टुनहरु राखिएको एसपी रिजालले बताए । 

भेपसहित पक्राउ पर्नेमा बस चालक दोलखा भीमेश्वर २ का २७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी ११ का २७ वर्षीय प्रविन्द्र राना, धनकुटा बेलरा नगरपालिका राजकुमार हिमाङ, नुवाकोट दुप्चेश्वर ७ का ईन्द्र बहादुर जर्सी र सोहि स्थानका ३० बर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ । 

तेस्रो खेपमा पक्राउ  

बिहिबार राति पक्राउ परेकाहरुले प्रहरीमा दिएको बयानअनुसार काठमाडौँको बालाजु भत्केको पुल नजिकको रमाईलो डाँडाबाट उक्त भेप बसमा लोड गरिएको थियो । सो समूहले नेपालबाट जाँदा भेप लिएर जाने र फर्किदा ह्वीस्की त्यसैगरी ल्याउने गरेको एसपी रिजालले सिधाकुरालाई बताए ।‘यसअघि पनि पटक–पटक भेप दिल्ली लैजाने गरेका थियौँ । यो तेस्रो पटक थियो,’ पक्राउ परेकाहरुको भनाई उधृत गर्दै रिजालले भने, ‘यताबाट जाँदा भेप लिएर जाने र आउँदा भन्सार छलिका मदिरा ल्याउने गरेको उनीहरुले बताएका छन् ।’  

सो बसले यात्रुहरुलाई पर्यटकका रुपमा भारत लैजाने गरी गत असार ५ गते भारतीय दुताबासबाट बाटो इजाजत लिएको फेला परेको प्रहरीको भनाई छ । पक्राउ परेको भेप भन्सार छलीको भएको एसपी रिजालले बताए । उनीहरुलाई भेपसहित राजश्व अनुसन्धान पथलैया कार्यालय बुझाइएको छ । 

किन हुन्छ भेपको भारत तस्करी

भारतमा झण्डै २३ करोड ६० लाख युवा पुस्ता भेपको लतमा रहेको एक अध्ययनले देखाएको छ । उनीहरु क्यान्सरको उच्च जोखिममा रहेको चेतावनीपछि यसको प्रयोगलाई निरुत्साहित गरिँदै छ ।  जसअनुसार भारत सरकारले विद्युतिय चुरोट भित्रिन प्रतिबन्ध लगाएको छ । भारतमा आयात हुने भेपको ठूलो हिस्सा चीनको भएको र प्रतिबन्धका कारण भारतमा सिधै आयात गर्न कठिन भएपछि तस्कर समूहले चीनबाट नेपालमा भेप आयात गरेर त्यसलाई भारतीय भूमिमा पुर्याउने गरेको देखिएको छ । 

यसरी हुने तस्करीबाट पहिलो त नेपालबाट औपचारिक रुपमा डलर बाहिरिन्थ्यो भने त्यसरी डलरमा किनेको भेप भारतीय बजारमा भारुमा अवैध बिक्रि गरिन्थ्यो । यस्तो तस्करी नेपालको वित्तीय प्रणालीमै सिधै असर गर्ने मात्रै नभई नेपाल भारत व्यापारिक सम्बन्धमा नै अप्ठ्यारो पार्ने गर्दछ । त्यसैले प्रहरीको प्राथमिकता थियो भेपको तस्कारी विरुद्धको कारबाही । 

औपचारिक आयात रोकियो, तस्करी मौलायो

सरकारी तथ्याङ्कअनुसार भन्सार तिरेर गत वैशाख पछि भेपको आयात भएको छैन् । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म भन्सार बिन्दु भएर एक लाख ४६ हजार १२ थान भेप नेपाल भित्रिएको छ । जसको लागत रकम २ करोड ८६ लाख ४ हजार मात्रै हो । भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काकाअनुसार राज पत्रमा सूचना ननिक्लिए पनि स्वास्थ्य सेवा विभाग अन्र्तगत स्वास्थ्य शिक्षा सूचना केन्द्रको पत्रअनुसार भेपको आयात रोकिएको छ ।

बिहिबार मकवानपुर प्रहरीले समातेको भेपको मूल्य २ करोड ७६ लाख रुपैयाँ हाराहारी छ । एपसी रिजालकाअनुसार भेपमा रहेको क्वीआर स्क्यान गरेर मूल्य हेर्दा सो मूल्य पत्ता लागेको हो । बरामद गरेको भेप भन्सार छलीको भएको प्रहरीले बताएको छ । औपचारिक भन्सार प्रणालीबाटै आयात भए बराबरको आयात परिमाण तर मूल्य भने निकै फरक देखिएपछि औपचारिक भेपको आयतमा न्युन मूल्य घोषणा हुने गरेको आशंका देखिएको छ । 

गत वर्ष मात्रै नेपालमा ३२ लाख २८ हजार थान भेप आयात भएको थियो । जसको आयात लागत मूल्य २१ करोड ३९ लाख रुपैयाँ बराबर मात्रै भनिएको छ । भेपमा लुकाएर भारततर्फ सुनको तस्करी भएको यस अघि विभिन्न अनुसन्धानले देखाए पनि सरकारी निकायले पेभको आयात गर्नेहरुमाथि बिस्तृतमा अनुसन्धान गरेको छैन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

बिहीबार अभियान नै सञ्चाल गरेर स्वरुप परिवर्तनका साथै ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंमा ठूलो आवाजले समाजमा अराजक फैलाउने एक सयबढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा(तस्बिरहरु)

काठमाडौंमा ठूलो आवाजले समाजमा अराजक फैलाउने एक सयबढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा(तस्बिरहरु)

काठमाडौं उपत्यकाको विभिन्न स्थाहरूबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा अराजक फैलाउने एक सय भन्दा बढी मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालय नियन्त्रणमा लिएको छ...
कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो । उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको...
फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो ।