नेभिगेशन
सबै कुरा

११ करोड मूल्य बराबरको सवा ८ किलो सुनसहित २ जना पक्राऊ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज बिहान झण्डै सवा ८ किलो अबैध सुनसहित २ जनालाई पक्राऊ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अबैध सुन मकवानपुर हुँदै आएको पूर्वसूचना आएपछि मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्कासहितको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५, रातोमाटे प्रहरी चेक पोष्टबाट २ जनालाई सुनसहित नियन्त्रणमा लिएको बताईएको छ । 

Ncell
Extreme Energy

बाराको पथलैयातर्फबाट हेटौडा आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा आएका  भारत महाराष्ट्र पुजारवाडीका २५ बर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार सोही जिल्लाका २७ बर्षीय राहुल भिट्टिहाल  बाडलाई खानतलाशी गर्दा शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको अबैध सुन बिस्कुटको आकारको ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम फेला पारेको थियो । 

नियन्त्रणमा लिईएको सुनको आजको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैया ६ सय ५० पैसा रहेको जनाईएको छ । 

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सुनसहितका २ जनालाई अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउने तयारी गरिएको मकवानपुर प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...