नेभिगेशन

भिडियो ग्यालरी

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

भोजपुर । आइतबार बिहान करिब १ः१५ बजे ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको कन्ट्रोल रुममा एउटा फोन आउँछ । 

फोन उठाउनासाथ एकजना पुरुषले अत्तालिँदै भन्छन्, ‘मैले ४ जनालाई मारेँ । मलाई समाउन आउनुस् ।’

यति भन्नासाथ उनले फोन कटाए । प्रहरीले उनलाई पुनः सम्पर्क गर्ने प्रयास गर्यो । उनले फोन उठाएनन् । 

आधा दर्जन पटक फोन हानेपछि उनले बल्लतल्ल फोन उठाए । हस्याङफस्याङ गर्दै बोलेका उनीसँग प्रहरीले ठेगाना माग्यो । उनले जवाफ फर्काए, ‘मैले धोद्लेखानीका बेलबहादुर गिरीका चारै जनालाई मारेँ ।’

यति भनेर फोन राख्नासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारको टोली रातारात घटनास्थलतर्फ अधि बढ्यो । 

बर्खाको समय, बाढी र पहिरोले दर्जनौँ ठाउँ अवरुद्ध थियो । विभिन्न कठिनाइ छिचोल्दै इलाका प्रहरी कार्यालय घोडेटारको टोली करिब ३ घण्टापछि अर्थात् पौने ४ बजेतिर घटनास्थल पुगे । 

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे बनेको थियो ।
प्रहरीले उनीहरूलाई बोलाउने, उठाउने प्रयास गरे । तर त्यो समयसम्म उनीहरूले सास फेर्न छोडिसकेका थिए । 

कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएको घटनास्थलमा त प्रहरी पुग्यो तर प्रहरीले ती फोन गर्ने व्यक्तिलाई वरिपरि कहीँ देखेन । 
इलाकाले उक्त विषय जिल्लामा जानकारी गरायो । सोही अनुरूप जिल्लाको टोली पनि घटनास्थल पुग्यो । 
सो समयसम्म गाउँमा हल्लाखल्ला सुरु भइसकेको थियो । स्थानीय र प्रहरीले संयुक्त रूपमा प्रहरीलाई फोन गर्ने व्यक्ति खोजी गर्न थाले । 

उनी घटनास्थलभन्दा करिब पाँच किलोमिटर टाढाको दुरीमा रहेको हर्बुभञ्ज्याङमा सख्त घाइते अवस्थामा फेला परे । प्रहरीले फेला पार्दा उनको पेटको ३ ठाउँमा धारिलो हतियारका चोट देखिए । प्रहरीले उनलाई तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल भोजपुर पुर्‍यायो । त्यहाँ उपचार सम्भव नहुने देखिएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । 
जिल्ला प्रहरी कार्यालयका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । 

घाइते फेला परेका व्यक्तिले प्रहरीलाई जे बताए...
प्रहरीले घाइते अवस्थामा फेला पारेका व्यक्ति हुन्, राजेन्द्र राई । उमेरले ३० पुगेका उनको घर भोजपुर नगरपालिका–२ हेलाउँछ हो । राजेन्द्रले आफूले हत्या गरिएको भनिएका रामप्रसाद राई गाउँपालिका–२, घोद्लेखानी बोन्थिताङका ४ जना उनकै ससुराली हुन् । 
घटनास्थलमा प्रहरीले उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ बर्सिया मञ्जु गिरी, श्रीमती १६ बर्सिया मनीषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो।

अस्पताल लैजाने क्रममा राजेन्द्रले आफूमाथि ससुरालीबाट मध्यरातमा ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका कारण प्रतिवाद गर्ने क्रममा उनीहरूको मृत्यु भएको बताएका छन् । ‘ममाथि मध्यरातमा ससुरालीले छुरा देखाएर आक्रमण गरेपछि मैले त्यही छुरा खोसेर उनीहरूलाई मारेको हुँ ।’, राईले प्रहरीलाई भनेका छन् । 

त्यस्तै उनले आफ्नी श्रीमतीलाई घर लिएर जाने विषयमा विवाद हुँदा घटना भएको समेत प्रहरीलाई बताएका छन् । 
राजेन्द्रको अवस्था गम्भीर रहेका कारण उनीसँग औपचारिक रूपमा बयान लिने काम भएको छैन । उनले उद्धारका क्रममा सो घटना आफूले गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

श्रीमती लिन पुगेका राजेन्द्रले किन सिध्याए ससुराली ?
उमेरले ३० पुगेका राईले धोद्लेखानीकी १५ बर्सिया मनीषालाई मन पराएका थिए । सोहीअनुरूप उनले मनीषासँग विवाह गर्न परिवारमा प्रस्ताव पुराएका थिए । तर मनिषाका परिवारले उनको प्रस्ताव स्वीकार गरेनन् । 
त्यसपश्चात् उनले गत असोजमा मनीषालाई भगाएर भोजपुर नगरपालिका–२ हेलाउँछस्थित आफ्नो घर पुराएका थिए । 

९ महिनाअघि घर पुराएका उनी र मनीषाबिच बेलाबखत झगडा हुने गर्थ्यो । सोही कारण उनी मनीषालाई छोडेर सदरमुकाम बस्ने र ज्याला मजदुरी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 
सोही क्रममा मनीषा करिब १ महिनाअघि घर फर्किएकी थिइन् । छोरीकै अनिच्छाका कारण मनिषाका परिवारले उनलाई राजेन्द्रको घर नपठाउने अडान कसेका थिए । 

मनीषा घर फर्किएपछि उनलाई फर्काउन भन्दै राजेन्द्र करिब १० दिनअघि मनीषाको घर पुगेका थिए । 
मनिषाका बाबुको भनाई उद्धृत गर्दै स्थानीयले बताएअनुसार राजेन्द्रले कि आफू मनीषालाई लिएर जाने कि परिवारै सिद्ध्याएर जाने भन्दै ससुराली पुगेका थिए । ‘उनले कि मनीषालाई लिएर जान्छु, कि परिवारलाई नै सिद्ध्याएर जान्छु भनेर उतैबाट छुरा लिएर पुगेका रहेछन्।’, एक स्थानीयले बताए । 

लागु पदार्थ सेवन गर्ने राजेन्द्रले सो कुरा सुनाएको भन्दै बुढो भएका मनिषाका बाबु बेलबहादुर गिरीले उक्त कुरा छिमेकीलाई बताएका थिए । छिमेकीले सोबारे प्रहरीलाई जानकारी गराउन भनेका थिए । ‘हामीले छलफल गर्नुपर्छ, प्रहरीलाई जानकारी गराउनुस् भन्दा उहाँले गाउँमा इज्जत जाने डरले प्रहरीमा भन्नुभएको थिएन ।’, ती स्थानीयले सिधाकुरालाई बताए । 

ससुरालीमा लिएर आएको छुरा प्रयोग गरी मध्यरातमा राजेन्द्रले ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको स्थानीय जनप्रतिनिधि र प्रहरीले जनाएका छन् । ‘घटनाको प्रकृति हेर्दा छुरा प्रयोग गरेर बीभत्स हत्या गरेको देखिन्छ ।’, मुचुल्कामा सहभागी रामप्रसाद राई गाउँपालिका–२ की वडा सदस्य प्रभा राई तामाङले सिधाकुरालाई बताइन् । उक्त घटनाको जड जबरजस्ती र अन्तरजातीय विवाह देखिएको स्थानीयहरू बताउँछन् । 
शवको पोस्ट मार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको प्रहरीले जनाएको छ । 


 

 

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
नक्कली इलेक्ट्रोनिक बनाउने चाइनिजको कारखानामा प्रहरी पुगेपछि

नक्कली इलेक्ट्रोनिक बनाउने चाइनिजको कारखानामा प्रहरी पुगेपछि

नक्कली इलेक्ट्रोनिक बनाउने चाइनिजको कारखानामा प्रहरी पुगेपछि
राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ ।
सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

आफ्नै निर्वाचन क्षेत्रको एक पालिकामा  प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनले भदौ महिनामै सो रकम डिल गरेका थिए । असार ३१ गते राजकुमार गुप्ता संघीय मामला तथा सामान्य...
घुसको डिल गर्ने मन्त्रीको राजिनामा, भूमिसुधार मन्त्रीलाई जोगाइदै !

घुसको डिल गर्ने मन्त्रीको राजिनामा, भूमिसुधार मन्त्रीलाई जोगाइदै !

घुसको डिल गर्ने मन्त्रीको राजिनामा, भूमिसुधार मन्त्रीलाई जोगाइदै !