नेभिगेशन

समाज

एकको मृत्यु र ४७ कैदी घाइते हुने गरी भएको झडपपछि कैलाली कारागारको अवस्था कस्ताे छ ?

काठमाडौँ । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ ।
   
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो । उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताए ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उनले बताए । 
 
आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टले कारागार भित्र ‘ए’ ब्लक र ‘बि’ ब्लकमा बसेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिई सङ्ख्या यकिन गर्नुका साथै अन्य जानकारी लिइएको बताए । उनले बताए,“कैदीबन्दीको स्थानान्तरण गर्दा सम्बन्धित परिवारलाई जानकारी नदिएर आफूखुसी गर्ने गरिएको गुनासो छ । यसबाहेक क्षमताभन्दा बढी कैदीबन्दी राख्दा देखिएको समस्या समाधान गरिनुपर्ने, भित्र राखिने प्राविधिक सामानको चेकजाँच गर्ने मेसिनको व्यवस्था र तोकिएको दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।”

प्रदेश कार्यालय प्रमुख भट्टले कैदीबन्दीले दिएको निवेदनबमोजिम आयोगले यही साउन १९ गते कैदीबन्दीको मानवअधिकारका लागि सरकारको ध्यानाकर्षण गराएको समेत जानकारी दिए । त्यसअनुसार आवश्यक कदम नचाल्दा समस्या उत्पन्न भएको जनाइएको छ । 

शुक्रबार भएको झडपबाट घाइते भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।  घटनामा गम्भीर घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एक जनालाई शनिबार नै थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

कारागारमा गएको बिहीबार पनि कैदीबीच हानाहान भएको थियो । त्यसअघि गत असार २८ गते पनि कारागारमा कैदीबीच कुटाकुट भएको थियो । घटनालगत्तैै कारागारभित्र प्रवेश गर्ने बन्दीगृहमा ताला लगाएर कसैलाई पनि प्रवेश गर्न नदिएका कैदीबन्दीले आज भने आयोगको टोलीसहित सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छन् । 
यहाँ घटनापछि बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।  

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली कारागारमा घटेको घटनाका बारेमा छलफल गर्न अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीसँग छलफल गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
विश्वकपको रोमाञ्चक १० क्षण

विश्वकपको रोमाञ्चक १० क्षण

सवारीभन्दा महँगो जरिवाना

सवारीभन्दा महँगो जरिवाना