नेभिगेशन
मुख्य समाचार

प्रतिशोधपूर्ण रविको अड्डासार

काठमाडौँ । अन्तत रूपन्देहीको उपनिर्वाचन सरगर्मी बढेसँगै रविको अड्डासार भएको छ । चार महिना देखि भैरहवा कारागारमा रहेका रविले काठमाडौँ आउन दिएको निवेदन र अदालतले आदेश गरेको साढे दुई महिना पछि शनिबार रविलाई रूपन्देहीबाट ललितपुरको नख्खु कारागार ल्याइएको छ । 

शुक्रबार कारागार व्यवस्थापन विभागले रविको अड्डासार गर्ने निर्णय गरेको थियो। जुन रविले माग गरेको निवेदन र अदालतले दिएको आदेशको २ महिना १६ दिन पछि हो। शुक्रबार हतार हतार निर्णय गरेर रविलाई सार्वजनिक बिदा र कृष्ण जन्माष्टमी पर्वको छेकोमा सरकारले काठमाडौँ ल्याएको हो।

शनिबार अपरान्ह ४ बजे रविलाई भैरहवा विमानस्थलबाट काठमाडौँ हुँदै नख्खु पुर्‍याइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपोको बाटो हुँदै रविलाई सिनामङ्गल निकालेर नख्खु लगिएको थियो । २०८१ चैत २५ गते देखि भैरहवा कारागारमा थुनामा रहेका रविले जेठ १४ गते काठमाडौँ अड्डासारका लागि जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए ।

rabidai-1755351891.jpg
१६ जेठमा अदालतले रविको अड्डासारको मागलाई सदर गरेको थियो । तर, न्यायधिश अशोक कुमार बस्नेतको इजलासले उक्त ओश दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले अड्डासारमा असहयोगको नीति लिएका थिए । 

अड्डासारबारे पटक पटक सार्वजनिक कुरा उठ्दा पनि गृहमन्त्री रमेश लेखकले यसलाई टार्दै आएका थिए। तर, भैरहवा कारागारमा अमानवीय व्यवहार गरेर रविलाई राखिएको घटना सार्वजनिक भएपछि मानव अधिकार आयोगले समेत यसको अनुगमन गरेको थियो ।

आयोगले रविको सम्मान गर्न र मानवअधिकार हनन नगर्न सरकारलाई चेतावनी पनि दिएको थियो । रवि भैरहवा कारागारमा हुनु र रूपन्देही ३ को उपनिर्वाचन पनि नजिकिँदै जाँदा सरकार रास्वपाको गतिविधिबाट अनङ्कित बनेको रास्वपा नेताहरू बताउँछन् ।  

Nakhkhu-Jail_-1755351940.jpg
रविको पक्षमा रूपन्देहीमा जनमत र गतिविधि बढ्न थालेपछी मानवअधिकार आयोगको निर्देशन समेतलाई माने जस्तो गरी सरकारले अड्डासारको निर्णय गरेको रास्वपा नेताहरुको बुझाइ छ ।   
अड्डासार पछि काठमाडौँ उड्ने बेला रविले आफू बसेको कारागारको भित्तामा अन्याय र अत्याचारको विरुद्ध लडिरहने भन्दै भित्ते लेखन गरेका थिए । उनले राजनीतिक प्रतिशोधको विरुद्धमा मंगल ग्रहमै लगे पनि आफू नडराउने पनि रास्वपा नेताहरूलाई बताएका थिए । 

काठमाडौँ प्रस्थान गर्नु अघि  विमानस्थलमा प्रशासनले सभापति लामिछानेलाई उपसभापति डा स्वर्णिम वाग्ले र पार्टी प्रवक्ता मनिष झासँग सङ्क्षिप्त कुराकानी गर्न दिएकाे दियो ।

सो भेटमा लामिछानेले आफ्नो अड्डा सारमा पनि राज्यले प्रतिशोध देखाएको बताएका थिए । पार्टी प्रवक्ता मनिष झाकाअनुसार दुई मिनेटको भेटमा सभापति लामिछानेले आफू बसेको कारागारको कोठाको भित्तामा अब यहा कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ भनेर लेखेर आएको बताएका थिए । 

Nakhkhu-Jail_-(2)-1755351972.jpg
झाकाअनुसार लामिछानेले सरकारले राजनीतिक प्रतिशोध साँधेर मङ्गलग्रहमा लगे पनि नडराउने बताए । नेपाल र यो भूमि आफ्नो हो भन्दै  लामिछानेले जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन।
'राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन । म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ,' लामिछानेको भनाई उदृत गर्दै प्रवक्ता झाले सिधाकुरासँग भने। 

सभापति लामिछानेको सर्मथनमा नख्खु कारागार क्षेत्रमा ठूलो जनसर्मथन उपस्थित भएको थियो । आफ्ना समर्थक र शुभेच्छुकलाई हात हल्लाउँदै लामिछाने नख्खु कारागार प्रवेश गरेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शेखरको आरोपः कुलिङ अफ पिरियडमा छेडखानी एमालेबाटै, जग्गा हडप्न एमालेले नै भूमि विधेयक ल्याउन लाग्यो

शेखरको आरोपः कुलिङ अफ पिरियडमा छेडखानी एमालेबाटै, जग्गा हडप्न एमालेले नै भूमि विधेयक ल्याउन लाग्यो

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले...
रविले उपसभापति डा‍ स्वर्णिम वाग्लेलाई आफ्नाे अड्डासार बारे के भने ?

रविले उपसभापति डा‍ स्वर्णिम वाग्लेलाई आफ्नाे अड्डासार बारे के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट निस्केपछि आफू बसेकाे काेठामा आफ्नाे सन्देश लेखेका छन् । उनले कारागारकाे भित्तामा केही लेखेकाे कुरा उपसभापति डा‍ स्वर्णिम वाग्लेलाइ बताएका...
रुपन्देहीबाट नख्खु कारागारका लागि उडे रवि लामिछाने

रुपन्देहीबाट नख्खु कारागारका लागि उडे रवि लामिछाने

लामिछानेलाई काठमाडौँ ल्याउने भएपछि रास्वपाका नेता कार्यकर्ता तथा सुशचिन्तक अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन कक्ष बाहिर प्रतिक्षारत रहेका छन् ।