नेभिगेशन
सबै कुरा

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको मृत्यु

उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे  ट्रकको ठक्करबाट बस्नेतको मृत्यु भएको हो । बस्नेत बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख हुन् ।

City Express

बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै थिए ।

सोही क्रममा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर लगिएपनि अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । 

ट्रक चालक विशाल परियार र ट्रक इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार यसरी जिम्मेवारी पाउनेहरूमा नेपाली काङ्ग्रेस परित्याग...
यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको...
वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन ।

भर्खरै