नेभिगेशन
समाज

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

काठमाडौं । दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले राष्ट्रपति कार्यालयमा पनि आज शपथको तयारी गर्न भनेका छन् ।

Ncell
Extreme Energy

‘आजै शपथ गराउने सूचना आएको छ । तर नाम अझै प्राप्त भएको छैन,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

दीपक साह सुरूमा जनमत पार्टीमा थिए । त्यहाँ विवादका कारण निष्कासनमा परेका साहले जनस्वराज पार्टी गठन गरेका थिए। २०८२ को निर्वाचनमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर सुनसरी–४ बाट निर्वाचित भएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले बिहीबार पदबाट राजीनामा दिएकी थिइन् । ग्यास अभाव चुलिएपछि पछिल्लो समय उनको आलोचना बढेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।