नेभिगेशन
समाज

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

न्युयोर्क । अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपराष्ट्रपति जेडी भान्सले अमेरिकी मिडटर्म चुनावमा रिपब्लिकन पार्टीको नराम्रो हारको कारण इरानसँगको युद्धलाई बताएका बेला ट्रम्पले पनि त्यतै संकेत गरेका छन् । 

Marvel
Extreme Energy

इरान युद्धलाई हारको कारण मान्ने प्रश्नमा ट्रम्पले भने, 'मलाई लाग्छ यो कुरा काफी हदसम्म सही हो, किनकि यसको कारणले केही समयका लागि पेट्रोलको मूल्य केही बढेको थियो । तर यी सब हुँदाहुँदै पनि, यदि मैले फेरि यस्तै गर्नुपर्‍यो भने, म फेरि गर्नेछु । किनभने दीर्घकालीन हिसाबले यही नै एकमात्र बाटो हो ।'

ट्रम्पले महंगी बढेर नै यो परिणाम आएको तर देशको लागि गरेको तर्क गरेका छन् । 'तपाईंले इरानलाई परमाणु हतियार प्राप्त गर्न दिन सक्नुहुन्न । तपाईंसँग अरू कुनै विकल्प छैन । मलाई लागेको थियो कि तेलको मूल्य यसभन्दा धेरै बढ्नेछ र मैले यही आधारमा यो निर्णय लिएको थिएँ। तपाईंसँग कुनै विकल्प छैन । तपाईंले यो गर्नैपर्छ,' उनले भने, 'तपाईं इरानलाई परमाणु हतियार हासिल गर्न दिन सक्नुहुन्न। अन्यथा, आज तपाईंले यहाँ जे-जति कुराहरू देखिरहनुभएको छ, सम्भवतः एक दिन त्यसको अस्तित्व नै रहने छैन ।'

नयाँ राजनीतिक परिस्थितिका बारेमा उनी भन्छन्, 'जबसम्म डेमोक्रेटहरूले बाधा पुर्‍याउने प्रयास गर्दैनन्, म उनीहरूसँग मिलेर काम गर्नेछु। तर हामीसँग भिटोको शक्ति छ । यद्यपि, उनीहरूले पहिले नै फोन गरिसकेका छन् र केही विषयमा कुराकानी गर्न चाहन्छन् ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकी मध्यकालीन (मिडटर्म) निर्वाचनमा डेमोक्रेट्सले ऐतिहासिक जित हासिल गरेका छन्। उनीहरूले अमेरिकी कंग्रेस (व्यवस्थापिका) मा स्पष्ट बहुमत हात पारेका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...