नेभिगेशन
समाज

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

काठमाडौँ । विगत दुई–तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण एसियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण भएको धाप ड्यामको तल्लोतर्फ पहिरो जाँदा सडक किनारमा निर्माण गरिएको ग्याबिन वाल भासिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगातारको वर्षापछि स्याडल ड्यामको तलतर्फ रहेको खोल्सीमा पहिरो गएको हो । प्राविधिक निरीक्षणका क्रममा खोल्सीको बहाव क्षेत्रमा स्काउरिङ (पानीको बहावले माटो तथा जमिन कटान गर्ने प्रक्रिया) भएको र ह्युम पाइपको जोर्नी फुटेर वालभित्रैबाट पानी चुहिँदा क्षति बढेको पाइएको छ ।

Ncell
Extreme Energy

घटनापछि जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ । २०८३ भदौ २६ गते गरिएको निरीक्षणमा नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन तथा योजना एवं समन्वय महाशाखाका उपमहानिर्देशकहरू, इन्जिनियरिङ जियोलोजिस्ट तथा सिनियर डिभिजनल इन्जिनियरसहितको टोली सहभागी थियो ।

निरीक्षणमा नेपाली सेना, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय वडा अध्यक्ष तथा एसियाली विकास बैंकका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

dhap-dam_Sidhakura-(3)-1789196692.jpg
वर्षाका कारण थप क्षति हुन नदिन तत्काल अस्थायी उपायहरू अपनाइएको विभागले जनाएको छ । स्लोप स्थिरतामा असर परेको भू–भागभन्दा माथि चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षाको पानीलाई सुरक्षित रूपमा डाइभर्ट गरिएको छ ।

त्यस्तै, पानी जमिनमुनि छिर्न सक्ने सम्भावित स्थानमा प्लास्टिक तथा त्रिपाल बिछ्याइएको छ । नेपाली सेनासँगको सहकार्यमा भासिएको क्षेत्रमा रहेको ओभरबर्डेन हटाउने कामसमेत भइरहेको छ ।

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।

हालको अवस्थामा ड्यामको तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम नरहेको प्राविधिक टोलीको निष्कर्ष छ । तर, वर्षा अझै जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भासिएको भू–भाग स्थिर भएपछि टोबाटै ग्याबिन तथा स्लोप प्रोटेक्सनको दीर्घकालीन संरचनात्मक काम अघि बढाइने तयारी छ । घटनास्थलमा प्राविधिक टोलीलाई खटाइएको र अवस्थाको निरन्तर अनुगमन भइरहेको विभागले जनाएको छ ।

घटनाको थप विवरण तथा प्राविधिक अवस्थाबारे क्रमशः जानकारी सार्वजनिक गरिने बताइएको छ ।

dhap-dam_Sidhakura-(2)-1789196693.jpg

dhap-dam_Sidhakura-(4)-1789196693.jpg

dhap-dam_Sidhakura-(1)-1789196692.jpg

dhap-dam_Sidhakura-(5)-1789196692.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।
कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

नेकपा एमाले पुुनर्गठन कार्यदल बैठकमा छुट्टै प्रतिवेदन बोकेर पुगेपछि सदस्यहरूले संयोजक रामबहादुुर थापा ‘बादल’माथि केरकार गरेका छन् ।