नेभिगेशन
सबै कुरा

सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिदैँ

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिदैँ छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्‍याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको शवयात्राको लागि रुट तय भएको छ । नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

Ncell
Extreme Energy

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट तय गरिएको छ । 

श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि उनको पार्थीव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ । 


निजी निवास बालुवाटार पुर्‍याइएपछि पारिवारिक तथा धार्मिक संस्कारअनुसार नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । त्यहाँ नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर  छ भने...
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।