नेभिगेशन
सबै कुरा

इजरायलबाट नेपाली विद्यार्थीको क्रन्दनः बङ्करमै छिरेर गोली हाने, ३ घण्टासम्म पानी मागेका साथि बाँचेनन्

 इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा १७ नेपाली विद्यार्थी थिए जस मध्ये हमासको आक्रमणमा परी १० जनाले ज्यान गुमाए । तेलअविवस्थित नेपाली दूतावासका अनुसार ४ जना घाइतेको उपचार भैरहेको छ भने २ जना सकुशल छन् । एक जना  भने बेपत्ता छन् । 

२ दिनदेखि बंकरमा रहेका बर्दियाका लुइस रिजालले जे भाेगिरेहका छन् ः

Dish Home
Global Ime Bank

इजरायलमा रहेका बर्दियाका लुइस रिजालका अनुसार नेपाली विद्यार्थी बसेको क्याम्पभित्रै ग्रिनेड छिरेको थियो । उक्त ग्रिनेडलाई कञ्चनपुरका विपिन जोशीलेले कोठाबाट बाहिर फालेका थिए । त्यसपछि छिरेको ग्रिनेड विस्फोड हुँदा ५ जना घाइते भए । घाइते मध्ये चार जना अस्पताल पुगे । घाइते नभएकाहरु अर्को बंकरमा बसेका थिए । गाडीको आवाजलाई एम्बुलेन्स ठानेर बंकरबाट बाहिरिनासाथ नारायणप्रसाद न्यौपानेलाई आक्रमणकारीले गोली हाने । त्यसपछि बंकरभित्रै छिरेर आक्रमण गरे । घाइते नेपाली बिद्यार्थी उपचार नपाएर ज्यान गुमाए । लुइसका अनुसार गोली लागेपछि आत्तिँदै एम्बुलेन्स मागिराखेका थिए । ‘लगभग घण्टा, दुई घण्टा र तीन घण्टाको फरकमा एकपछि अर्को गरी घाइते साथीले पानी पानी भन्दै फोन गर्थे । लुइस सम्झिन्छन्, उनीहरू मलाई बचाऊ बचाऊ गोली लागेको छ भनेर कराउँथे,’ ‘हामीले उद्धार गर्न नेपाली दूतावासलाई फोन र्गयौं, एनआरएनलाई गुहार माग्यौं । तर कसैबाट पनि केही सीप लागेन । साथीहरू एकपछि अर्को गरी सम्पर्कविहीन हुँदै गए ।’ लुइसका अनुसार विपिन आक्रमणकारीको कब्जामा छन् । सबै घाइतेको विवरण विपिनले नै दिइरहेका थिए । तर दिउँसो २ बजेतिर आक्रमणकारीले लिएर गएपछि सम्पर्क विहिन छन् । लुइसका अनुसार २ दिनदेखि ४७ जना नेपाली विद्यार्थी बंकर भित्रै छन् । ‘एउटा बंकरभित्रका हामी ११ जनाले शनिबार बिहान ७ बजेदेखि अहिलेसम्म खान पनि पाएका छैनौं । पानी मात्रै खाएर चिसो बंकरभित्र बसेका छौं । चिसोले गर्दा स्वास्थ्य बिग्रिँदै गएको छ । सबैले आश्वासन मात्रै दिइरहेका छन् दुइदिने देखि चिसो बंकरमा बस्दा उनिहरुको स्वास्थ्यमा निकै समस्या देखिएको छ । लुइसका अनुसार चिसो पानीका भरमा बाँचिरहेका छन् । सबैतिर सम्पर्क गर्दा पनि सबैले आश्वासन दिने गरेपनि उद्धार गर्न सकेका छैनन् । 



मृत्यु भएका विद्यार्थी 

मृत्यु हुनेमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । 

घाइते विद्यार्थी 

शारदा–२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रविन डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते छन् । उनिहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । 

बेपत्ता 

भीमदत्त–३ कञ्चनपुरका विपिन जोशी भने बेपत्ता रहेको दूतावसले जनाएको छ । त्रिवेणी–१ सल्यानका प्रमोद केसी र त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी सुरक्षित छन् । 

सेदोत नेगेभमै रहेको मिभ्टाहिम सोरसिम फार्ममा १५ जना नेपाली विद्यार्थी छन्  । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका ४९ जना विद्यार्थी एक महिना अघि मात्रै प्रयोगात्मक सिकाईका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो । ३२ जना कृषि विद्यार्थीहरू भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation