नेभिगेशन
समाज

‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर

काठमाडौँ । हमासले ४८ इजरायली बन्दीहरुको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ । जसको ३८ औँ नम्बरमा नेपालका विपिन जोशीको पनि तस्वीर राखिएको छ । हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको तस्वीरमा उनीहरुको अवस्था बारे खास खुलासा गरिएको भने छैन । 
 अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।
हमासले सार्वजनिक गरेको तस्वीरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ उल्लेख गरिएको छ ।
कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सनमा उल्लेख गरिएको छ ।
अराडको एफ-फोर फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा चाँडै नै बम विस्फोट हुँदा क्षतिग्रस्त भएको थियो । उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो। अराडको मृत्यु भएको विश्वास गरिन्छ, तर उनको वास्तविक अवस्थाबारे कुनै निर्णायक प्रमाण छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दीहरू जीवितै राखिएका विश्वास व्यक्त गरेका छन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्।

Ncell
Extreme Energy

ट्रम्प र नेतान्याहूले उनीहरूले सबै जीवित र मृत बन्दीहरूलाई फर्काउने  र हमासलाई ‘ध्वस्त’ गर्ने बताउँदै आएका छन । शनिबार लाखौं इजरायलीहरू तेल अभिभ र अन्य शहरका सडकमा उत्रेर सरकारको विरोध गरिरहेको र युद्ध अन्त्य गरी सबै बन्दी फर्काउन तुरुन्तै सम्झौता गर्न माग गर्ने तयारी भइरहेको बेला हमासले यो सूची सार्वजनिक गरेको हो ।

यसै महिनाको सुरुवातमा, हमासले दुई इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गरेको थियो । त्यसअघि झण्डै एक महिना अघि दुई अत्यन्तै कमजोर देखिएका इजरायली बन्दीहरूको भिडियो प्रसारण गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...