नेभिगेशन
मुख्य समाचार

सूर्य नेपालले भन्योः ट्रंकलाइनको बक्यौता भन्दा धेरै भुक्तानी गरिसकेका छौँ, प्राधिकरणले सूचि सार्वजनिक गरिदियोस्

काठमाडौँ । लोडसेडिङको अवधिमा ट्रंकलाइनमार्फत प्रयोग गरिएको बिजुलीबापतको अतिरिक्त महशुल नतिरेका विषयमा सूर्य नेपाल प्रालिको नाम जोडेर सामाजिक सञ्जालमा आएको सामाग्रीप्रति आपत्ति सूर्य नेपालले आपत्ति जनाएको छ।

सूर्य नेपालले नेपाल विद्युत प्राधिकरणको निर्देशनअनुसार सम्बन्धित सम्पूर्ण बक्यौता पहिले नै भुक्तानी गरिसकेको जनाएको छ । आज एक विजप्ति जारी गर्दै सूर्य नेपालले बक्यौता भन्दा अझ बढी रकम भुक्तानी भएको दाबी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साल वैशाख २७ गतेको निर्णयअनुसार अतिरिक्त महशुल पौष २०७२ देखि वैशाख २०७५ सम्म मात्र लागु हुने व्यवस्था छ। सो अवधिका लागि सूर्य नेपालले प्राधिकरणलाई तिर्नु पर्नेभन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ।”

साथै, कम्पनीले आफू प्रचलित सबै कानुन, नियम र सरकार तथा सम्बन्धित निकायका निर्देशनहरूको पालना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। भ्रामक जानकारीले कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने भन्दै सूर्य नेपालले आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्ता भ्रम फैलाउने गतिविधि नगर्न आग्रह समेत गरेको छ।

साथै ग्राहकको प्रतिष्ठामा आँच आउने गरि भ्रामक सुचना प्रसारित भइरहेकोले प्राधिकरणको निर्देशन अनुरुप विद्युत् बक्यौता भुक्तानी गरेको तथ्य सार्वजनिक गर्न पनि सूर्य नेपालले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...