नेभिगेशन
समाज

सूर्य नेपालले भन्योः ट्रंकलाइनको बक्यौता भन्दा धेरै भुक्तानी गरिसकेका छौँ, प्राधिकरणले सूचि सार्वजनिक गरिदियोस्

काठमाडौँ । लोडसेडिङको अवधिमा ट्रंकलाइनमार्फत प्रयोग गरिएको बिजुलीबापतको अतिरिक्त महशुल नतिरेका विषयमा सूर्य नेपाल प्रालिको नाम जोडेर सामाजिक सञ्जालमा आएको सामाग्रीप्रति आपत्ति सूर्य नेपालले आपत्ति जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूर्य नेपालले नेपाल विद्युत प्राधिकरणको निर्देशनअनुसार सम्बन्धित सम्पूर्ण बक्यौता पहिले नै भुक्तानी गरिसकेको जनाएको छ । आज एक विजप्ति जारी गर्दै सूर्य नेपालले बक्यौता भन्दा अझ बढी रकम भुक्तानी भएको दाबी गरेको छ । 

Ncell
Extreme Energy

विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साल वैशाख २७ गतेको निर्णयअनुसार अतिरिक्त महशुल पौष २०७२ देखि वैशाख २०७५ सम्म मात्र लागु हुने व्यवस्था छ। सो अवधिका लागि सूर्य नेपालले प्राधिकरणलाई तिर्नु पर्नेभन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ।”

साथै, कम्पनीले आफू प्रचलित सबै कानुन, नियम र सरकार तथा सम्बन्धित निकायका निर्देशनहरूको पालना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। भ्रामक जानकारीले कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने भन्दै सूर्य नेपालले आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्ता भ्रम फैलाउने गतिविधि नगर्न आग्रह समेत गरेको छ।

साथै ग्राहकको प्रतिष्ठामा आँच आउने गरि भ्रामक सुचना प्रसारित भइरहेकोले प्राधिकरणको निर्देशन अनुरुप विद्युत् बक्यौता भुक्तानी गरेको तथ्य सार्वजनिक गर्न पनि सूर्य नेपालले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...