नेभिगेशन
सबै कुरा

झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

ताप्लेजुङ। झिँगटीले छाएका घर हराउँदै गएका छन्। पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम ९० वर्ष पुगे। गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उनले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्थे। अहिले उनका सहकर्मी कालिगड सबैको निधन भइसक्यो। गाउँमा झिँगटीको छाना लगाउने उनी मात्र छन्। गाउँमा उनले नै बनाएको झिँगटीको घरको छानासमेत चुहिन थालेका छन्। धेरैले त भत्काएर अर्को घर बनाएका छन्।

सोही गाउँका मदन बरालको बुबाले २००४ सालमा झिँगटी छानो भएको घर निर्माण गरेका थिए। उक्त घरको छानोबाट पानी चुहिन थाल्यो। घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने भए। तर पनि बुबाले बनाएको घर भत्काउन मदनको मनले मानेन। संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राखे। त्यो दीर्घकालीनका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालिगड खोजीमा लागे। अन्तिममा कालिगड नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उनीसँग रहेन। आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ। २००३ साल अगाडि ताप्लेजुङमा प्रायः झिँगटीको घर बनेको स्थानीयको भनाइ छ।

पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ। बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई संकटमा पार्दै लगेको छ।

सिदिङ्वा गाउँपालिका–४ का दिलकुमार ताम्लिङ काठमाडौँ बसाइँ ससेका छन्। तर उनका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आएका छन्। अहिले यस गाउँमा झिँगटीको घर उनकै मात्र बाँकी छ।

आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो। त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो। यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्थ्यो। यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत भए पनि बदलिँदो समयका कारण उनहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका–५ लक्षुमन राईले बताए।

उनका अनुसार पछिल्लो समयमा गाउँमा झिँगटी छानाको ठाउँ आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ। स्थानीय पनि घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन्। ‘यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पुर्‍याइरहेको छ,’ राईले भने।

ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिकता बोकेका घर लोप हुँदै गएका छन्। झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन। कला, सीप र स्थानीय परम्परा नै लोप हुँदै गएको छ। झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए। पुराना झिँगटी घरको संरक्षण र सम्वर्द्धन गरिनुपर्ने स्थानीयको माग छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी अस्पताल पुर्याइएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका एक जनालाई भरतपुर पठाइएको छ...
मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा शनिबार राति करिब ८ बजे ईभी दुर्घटना भएको हो ।
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी...
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ...