नेभिगेशन
नेताका कुरा

बिचौलियाको आँखा राष्ट्र बैंकमा,अनुकुलता नदेखेपछि डा.स्वर्णिम वाग्ले विरुद्ध प्रचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम् तनहुँ एकबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले आफ्नो नाम जोडेर फैलाइएका हल्लामा विश्वास नगर्न  आग्रह गरेका छन् ।

केही उच्च पदस्थ कर्मचारीको अस्पष्ट हवाला दिदैँ केही सञ्चार माध्यममा महत्वपूर्ण निर्णय तथा नियुक्ति तत्काल नगर्न डा.वाग्लेले सरकारलाई दबाब दिएको समाचार प्रकाशित भएका छन् । उक्त समाचारहरू आफूलाई नसोधी र एकपक्षीय ढङ्गबाट बदनाम गर्ने उद्देश्यसाथ आएको वाग्लेले सिधाकुरालाई बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो कुराहरू कुनै समूहको स्वार्थ र निश्चित उद्देश्यका लागि गरिएको कुप्रचार हो,’ वाग्लेले सिधाकुरासँग भने,‘ म अहिले मेरो मतदातालाई धन्यवाद भन्न तनहुँका गाउँ वस्तीमा छु । मेरो सिंहदरबारका कुनै पनि कर्मचारीसँग कुराकानी हुँदैन। कहिलेकाँही अर्थमन्त्रीले फोन गर्नु हुन्छ।’

Ncell
Extreme Energy

डा. वाग्लेले सरकारका कुन सचिव वा कुन कर्मचारीलाई मैले फोन गरेँ वा यस्तो दवाव दिएँ भन्ने कुरा आरोप लगाउनेले प्रमाणित गर्नुपर्ने पनि प्रष्ट्याए ।

‘मैले यस्तो दवाव दिएर फोन गरेको भनेर प्रमाण भए जो कर्मचारी हुन उनले भन्दिए भइहाल्यो नि,’ वाग्लेले भने । बिजमाण्डू र शिलापत्र नामक अनलाइनले सुशीला कार्की नेतृत्वको सरकारका उच्च पदस्थ कर्मचारीलाई डा.वाग्लेले ठूला नियुक्ति र फाइल अघि नबढाउन दबाब दिएको र उनले दुई तिहाई बहुमतको सरकार बन्ने अवस्था बनेसँगै अनावश्यक शक्ति प्रदर्शन गरेको भन्दै समाचार प्रकाशित गरेका छन्। यिनै सूचनाहरूमा कुनै सत्यता नभएको भन्दै वाग्लेले खण्डन गरेका हुन् ।

किन भइरहेको छ वाग्लेमाथि कुप्रचार ?

रास्वपाले डा.स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीको रुपमा अघि सारेको छ। निर्वाचन अघि नै पुष २१ मा रास्वपा सभापति रवि लामिछानेले एक सार्वजनिक समारोहमै डा.वाग्लेलाई आगामी अर्थमन्त्रीको रुपमा बजेट लेख्ने तयारी गर्न भनेका थिए ।

त्यस अघि नै रास्वपा र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच पार्टीमा समाहित हुने सहमतिअनुसार बालेन्द्र शाह रास्वपाका प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनाव अघि नै घोषणा भएका थिए । पहिले नै प्रधानमन्त्री र अर्थमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको रास्वपाले अहिले प्रत्यक्षतर्फ १२५ सिट सहित समानुपातिक समेत गरेर झण्डै दुई तिहाई मत प्राप्त गर्ने देखिएको छ ।

छुटाउनु भयाे कि: रास्वपाको बाचा पत्रमा के छ ? (भिडियाे)

अन्तिम मत परिणाम सार्वजनिक हुँदै गर्दा रास्वपाका उच्च तहका नेताहरु सरकार गठन लगायतका बारेमा छलफल गर्न काठमाडाैँमा भेला हुँदैछन् । तर, त्यस अघि देखि नै एउटा शक्तिशाली बिचौलियाको समूह रास्वपाका प्रभावशाली नेतालाई सकेसम्म चुनाव हराउने र त्यहाँ नसके मन्त्री बन्न रोक्ने वा आफू अनुकुलको मन्त्री नियुक्त गर्ने दवाव बढाउन दौडधुपमा छन् ।

यो सबै गर्न सके आफू अनुकुलको नियुक्ती गरेर ति निकाय कब्जा गन सकिने उनीहरुको बुझाई छ। सरकार र नियमकीय निकाय नै कब्जा गरेर अनियमितता गर्न पल्केको समूह यस अघि तनहुँमा डा.स्वर्णिम वाग्लेलाई चुनाव हराउन सक्रिय थियो ।  एक सफल अर्थशास्त्री वाग्लेमाथि भ्रम छर्न र निर्वाचनमा पराजित गराउन उक्त समूहले एक अर्ब रुपैयाँ लगानी गरेको चर्चा रास्वपा मुख्यालयमा पुगेको थियो ।

‘निर्वाचनको डेढ साता अघि नै सो बारेको सूचना प्राप्त भएको थियो,’ रास्वपा स्रोतले सिधाकुरासँग भन्यो,‘ तर, उनीहरु सफल हुन सकेनन् । अहिले पनि अलिअलि प्रयास गरिरहन्छन् । तर, उनीहरुले बुझ्नुपर्छ जनसर्मथन कस्तो र कत्रो छ । शक्तिशाली सरकार के कसरी जनताको पक्षमा काम गर्छ बिस्तारै जनताले थाहा पाउँछन् ।

’डेपुटी गर्भनर नियुक्तीको स्वार्थ

नेपाल राष्ट्र बैैंकका दुई जना डेपुटी गर्भनर आइतबार देखि सेवा निवृत्त भएका छन् । आइतबार कार्यकाल सकिएका उनीहरु आम निर्वाचनको एक दिन अघि २० फागुनमा बिदामा बसेका थिए।

डेपुटी गर्भनरद्धय निलम ढुंगाना र बमबहादुर मिश्रको ठाउँमा रिक्त पदमा स्वर्थअनुकुलको व्यक्ति नियुक्त गर्न अहिले स्वार्थ समूहको दौडधुप चलिरहेको छ। दुई तिहाई बहुमतसहितको शत्तिशाली सरकार बनाउने गरी रास्वपाले जनमत पाएपछि उसको आर्थिक र राजनीतिक नीतिअनुसार नै दीर्घकालिन नियुक्ती र निर्णय गर्ने भन्दै सुशिला कार्की नेतृत्वको सरकारले नै दुरगामी र स्थायी प्रकारको निर्णय गर्न चाहिरहेको छैन् ।

रास्वपाकाअनुसार सरकारको प्रमुख आर्थिक सल्लाहकार राष्ट्र बैंक होस् वा अन्य कुनै पनि दीर्घकालिन महत्वको निकायमा गरिने नियुक्ति वा निर्णय यसै पनि नागरिक सरकारले गर्ने प्रचलन छैन् र गर्दैन पनि।

‘ठूला र दीर्घकालिन निर्णय अब हामी केही गर्दैनौँ कति दिन छ र ? तपाईंहरु आफ्नो योजनाअनुसार गर्नुहोला भनेर सरकारले नै भनिरहेको छ,’ रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो, ‘तर,स्वार्थ बोकेका समूहरु मिडिया ट्रायलमा लागि परेका छन् । यो उनीहरुको अन्तिम छटपटी हो । यसले कही फरक पर्दैन ।’

छुटाउनु भयाे कि: काे हुन् डा.स्वर्णिम वाग्ले ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।