नेभिगेशन
समाज

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

काठमाडौँ । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । 

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।  
    
आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ”, प्रवक्ता डा बुढाथोकीले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ। 

Ncell
Extreme Energy

प्रवक्ता डा बुढाथोकीका अनुसार सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ । यस्तै, नेपाल पुलिस अस्पतालमा दुई सय तीन,  राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० र त्रिवि शिक्षण अस्पतालमा एक सय आठ जनाको उपचार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...