नेभिगेशन
समाज

भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

एजेन्सी । भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फन्डारेड्स नामक संस्थाका निर्देशक जेभियर टाराजोनाले शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको जानकारी शनिबार एएफपीलाई दिएका हुन् । सन् २०१६ मा कोलम्बियाली विद्रोही समूह फार्कसँग शान्ति सम्झौता भएपछि भेनेजुएलामा भएको यो पहिलो यस्तो आक्रमण भएको उनको दाबी छ ।

Marvel
Extreme Energy

संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शव छरिएका, रूख ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ । संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताए ।

भेनेजुएला सरकारले घटनाबारे टिप्पणीका लागि एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।

सन् २०१६ मा कोलम्बियाली सरकारसँग शान्ति सम्झौता गरेपछि फार्कका अधिकांश लडाकु हतियार त्यागेर शान्ति प्रक्रियामा सहभागी भएका थिए । तर, सम्झौता अस्वीकार गरेका केही समूह भने अझै सक्रिय छन् । यसैबीच, कोलम्बियाको अर्को विद्रोही समूह ईएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा रहेको छ ।

कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । सीमावर्ती क्षेत्रमा विभिन्न विद्रोही समूह सक्रिय छन् । शान्ति सम्झौता अस्वीकार गरेका फार्कका केही समूहले कोकिन तस्करी र अवैध खानीमाथिको नियन्त्रणका लागि एकअर्कासँग सङ्घर्ष गर्दै आएका छन् ।

कोलम्बियाली सरकारले लामो समयदेखि वामपन्थी शासन रहेको भेनेजुएलाले आफ्नो देशका विद्रोही समूहलाई आश्रय दिँदै आएको आरोप लगाउँदै आएको थियो ।

सैन्य मामिलाकी जानकार तथा मानव अधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार अपुरे राज्यका स्थानीय बासिन्दाले शुक्रबारको सैन्य कारबाहीबारे जानकारी दिएका थिए । उनीहरूले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।
रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुलाउने भएको छ।