नेभिगेशन
समाज

भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्ली स्थित ऐतिहासिक रामलीला मैदानमा विपक्षी ‘इन्डिया’ गठबन्धनले ठूलो प्रदर्शन तथा र्‍याली आयोजना गरेको छ । 'भोट बचाउ, देश बचाउ' नारा दिइएको यो र्‍याली मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउनुपर्ने र मतदाता नामावलीको 'विशेष गहन पुनरीक्षण' प्रक्रियामा देखिएका कथित अनियमितता तथा 'भोट चोरी'को विरोधमा आयोजना गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कनाट प्लेसबाट सुरु भई अजमेरी गेट हुँदै रामलीला मैदानसम्म जाने यस मार्च र र्यालीमा कंग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, शिवसेनाका सांसद सञ्जय राउत लगायत इन्डिया गठबन्धनका प्रमुख नेताहरू र विभिन्न राज्यबाट आएका हजारौँ समर्थकहरू सहभागी छन् । शिव सेना सांसद सञ्जय राउतले यसलाई देशको शक्तिको प्रदर्शन भन्दै सरकार परिवर्तनको सङ्केत भएको बताएका छन् ।

Marvel
Extreme Energy

सत्ता पक्षको काउन्टर मार्च  

विपक्षीको यो शक्ति प्रदर्शनको काउन्टरमा भारतीय जनता पार्टी (बीजेपी) ले पनि सोही दिन देशव्यापी अभियान अन्तर्गत 'लोकतन्त्र बचाउ, अराजकता हटाउ' मार्चको सुरुवात गरेको छ । 

बीजेपीका राष्ट्रिय अध्यक्ष नितिन नवीनको नेतृत्वमा हरियाणाको रोहतक (छोटूराम पोलिटेक्निक मैदानदेखि मोडल टाउनको डी-पार्कसम्म) पदयात्रा आयोजना गरिएको छ ।

विपक्षी गठबन्धनले भ्रामक जानकारी र दुष्प्रचार फैलाएर देशमा राजनीतिक अराजकता सिर्जना गर्न खोजेको आरोप बीजेपीले लगाएको छ। उत्तर प्रदेशका मन्त्री नरेन्द्र कश्यपले इन्डिया गठबन्धन चुनावी मैदानमा अलग-अलग लड्ने भएकाले उनीहरूको एकता देखावटी मात्र भएको र दिल्लीका जनतालाई दुःख दिने काम मात्र गरेको टिप्पणी गरेका छन् 

दिल्लीमा ठूलो संख्यामा मानिसहरू भेला भएकाले सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ र दिल्ली ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारी साधन मोड्ने (डाइभर्ट गर्ने) र नियन्त्रण गर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।
भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुलाउने भएको छ।
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।