नेभिगेशन
समाज

रेड कार्पेटमा 'फर्स्ट लेडी' सविना काफ्ले, कार्यवाहक मेयर सुनिता डंगोलको स्वागत

रेड कार्पेटमा कलाकारसँगै राजनीति, प्रशासन, उद्योग तथा निजी क्षेत्रका विशिष्ट व्यक्ति

काठमाडौँ । नेपालका पुराना र नयाँ पुस्ताका कलाकार, राजनीति, प्रशासन, आर्थिक सामाजिक क्षेत्र, निजी तथा उद्योग वाणिज्य क्षेत्रका विशिष्ट पदाधिकारीले राष्ट्रिय सभा गृहमा आयोजित रेड कार्पेटले नयाँ आयाम कोरेको छ । काठमाडौँ फिल्म फेस्टिभलअन्तर्गत कलाकार तथा क्षेत्रगत विशिष्ट व्यक्तित्वहरुको सम्मानमा शनिबार रेड कार्पेट कार्यक्रम आयोजना गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रेड कार्पेटमा नेपालका फर्स्ट लेडी सविना काफ्ले, राष्ट्रिय सभाका सदस्य डा. अञ्जान शाक्य, महानगरपालिकाको निमन्त्रणामा अन्तर्राष्ट्रिय कला क्षेत्रबाट आउने विशिष्ट व्यक्तित्वहरु भारतीय अभिनेत्री सवाना आजमी, सांघाइ फिल्म एकेडेमी, फिल्म आर्टस रिसर्च सेन्टरका प्राध्यापक मार्काे मुलर, जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुरा रेड कार्पेटमा सहभागी भए । उनीहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्पेटमा स्वागत गरेकी थिइन् । 

Marvel
Extreme Energy

वरिष्ठ अभिनेत्रीहरु भुवन चन्द थापा, बसुन्धरा भुषाल, चैत्यदेवी, वरिष्ठ अभिनेताहरु नीर शाह, हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, अभिनेत्रीहरु गौरी मल्ल, करिस्मा मानन्धर, अभिनेताहरु दिपकराज गिरी, केकी अधिकारी, निर्मल शर्मा, मदनदास श्रेष्ठ, पुरन जोशी, दिनेश डि. सी., गजित विष्ट, हिसिला महर्जन, गायिका आनि छोइङ् डोल्मा, अस्मिता अधिकारी, गायक महेश काफ्ले, आनन्द कार्की, उजेन शाक्य, नृत्य निर्देशक गम्भीर विष्टसहित कलाकार रेड कार्पेट कार्यक्रममा सहभागी थिए । 

उनीहरुसँग कार्यवाहक प्रमुख डंगोलले, कार्पेट क्षेत्रमा स्वागत गर्दै संक्षिप्त कुराकानी गरेकी थिइन्

यसै गरी कला, अर्थ, साहित्य लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो । 

रेड कार्पेटपछि नेपाली पुराना चलचित्र र कलाकारको सम्मानमा के घर के डेरा चलचित्र प्रदर्शन गरिएको थियो । यसमा चलचित्रका कलाकारहरु बसुन्धरा भुषाल, नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुरन जोशी, शर्मिला मल्ल, मदनदास श्रेष्ठसहित कलाकार सहभागी थिए । 

चलचित्रमा कलाकारका संवाद र अभिनयमा दर्शकहरुले तालीबाट सम्मान प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतको राजधानी नयाँ दिल्ली स्थित ऐतिहासिक रामलीला मैदानमा विपक्षी ‘इन्डिया’ गठबन्धनले ठूलो प्रदर्शन तथा र्‍याली आयोजना गरेको छ ।
हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् ।
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने...