नेभिगेशन
समाज

भारतले नहरमा पानी नछोड्दा महाकाली सिँचाइ आयोजना अझै सञ्चालनमा आउन सकेन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । 

Marvel
Extreme Energy

उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुनसकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताए । 

'निर्माण सम्पन्न भएको नहरमा चार वर्षअघि नै परीक्षणसमेत भइसकेको हो, त्यसपछि भारतीय पक्षले नहरमा पानी छोडेको छैन,' उनले भने, 'पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने संरचना तयारी अवस्थामा छन् ।' चार वर्षअघि उक्त नहर परीक्षणका क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन ।

निर्देशक मरासिनीले टनकपुरबाट पानी छोड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी)ले पानी छोड्न नमानेको बताए । 'यसका लागि माथिल्लो निकायबाट पहल हुन जरुरी छ, हामीले पटकपटक पहल गरिरहेका छौँ,' आयोजना निर्देशक मरासिनीले भने, 'यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ ।' 

टनकपुरस्थित एनएचपीसीका कर्मचारीले दिल्लीको आदेश आउनेबित्तिकै पानी छोड्छौँ भन्ने जवाफ आयोजना कार्यालयलाई दिने गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाउनसके नेपालले महाकाली सन्धिअनुसार महाकाली नदीबाट पानी पाउने अपेक्षा गरिएको छ ।

'माथिल्लो निकायबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा हामी आशावादी छौँ,' आयोजना निर्देशक मरासिनीले भने, 'केही दिनअघिमात्रै दुवै देशका अधिकारीबीच यस विषयमा काठमाडौँमा छलफल भएको छ ।' उनले मन्त्रालय र भारतीय पक्षले मागेका सूचनासमेत उपलब्ध गराएको बताउँदै नहरमा छिट्टै पानी सञ्चालन हुनेमा आशावादी रहेको बताए । 

महाकाली सन्धि सम्झौताअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ । सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र वर्षात्मा एक हजार क्यूसेक पानी नेपालले पाउनुपर्ने उल्लेख छ । आव २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेनको थिएन । सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको थियो ।

लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि  कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म रु १० अर्ब ७४ करोड बजेट खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतको राजधानी नयाँ दिल्ली स्थित ऐतिहासिक रामलीला मैदानमा विपक्षी ‘इन्डिया’ गठबन्धनले ठूलो प्रदर्शन तथा र्‍याली आयोजना गरेको छ ।
हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् ।
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने...