नेभिगेशन
समाज

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

Marvel
Extreme Energy

जंगली हात्तीको आवतजावतसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्ने विभागको उद्देश्य छ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताइन् । यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् । उनले हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमनसमेत गरिने पनि बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुलाउने भएको छ।
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतको राजधानी नयाँ दिल्ली स्थित ऐतिहासिक रामलीला मैदानमा विपक्षी ‘इन्डिया’ गठबन्धनले ठूलो प्रदर्शन तथा र्‍याली आयोजना गरेको छ ।
हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् ।