नेभिगेशन
समाज

हामी इरानलाई १० मिनेटमै निशाना बनाउन सक्छौं : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उनले उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए । यद्यपि, उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे ।

Marvel
Extreme Energy

अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्याउँदै उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्याइसकेको दाबी गरे ।

फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ । अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ ।'

‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उनले उक्त स्थललाई पनि निशाना बनाउनुपर्ने बताए । सो स्थान भूमिगत आणविक परिसर भएको आशङ्का गरिएको छ । तर, इरानी सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताए । उनले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि चाहेको स्पष्ट पारे ।

अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने ट्रम्पका चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका छन् ।

ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका छन् । यसअघि उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको बताएका थिए । एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

रास्वपाले महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यका लागि आवेदन खुलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुलाउने भएको छ।
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतमा विपक्षी गठबन्धनको ठूलो प्रदर्शन, काउन्टरमा उत्रियो सत्ता पक्ष

भारतको राजधानी नयाँ दिल्ली स्थित ऐतिहासिक रामलीला मैदानमा विपक्षी ‘इन्डिया’ गठबन्धनले ठूलो प्रदर्शन तथा र्‍याली आयोजना गरेको छ ।
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने...