नेभिगेशन
समाज

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खाँडाचक्र नगरपालिका–१ मान्मको सेरापाटामा निर्माणाधीन प्रशासकीय भवनको जग खन्ने क्रममा गत भदौमा पहिरो खसेको थियो । पहिरोले एउटा घर भत्काउनुका साथै बजारको मुख्य सडकसमेत भासिएको थियो । भवन निर्माणस्थलको माथिल्लो भागमा रहेका सात घर पहिरोको उच्च जोखिममा छन् ।

Marvel
Extreme Energy

पहिरो खसेपछि भवन निर्माणको काम प्रभावित भएको छ । नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले भवन निर्माण सम्पन्न भएपछि पहिरोको समस्या समाधान हुने दाबी गरेका छन् ।

‘भवन बनाएपछि त्यहाँ पछाडि पर्खाल लाग्छ । त्यो भएपछि पहिरोको जोखिम टर्छ,’ उनले भने ।

गत भदौमा भत्किएको घरको क्षतिपूर्तिका लागि मूल्यांकन गरी जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा जानकारी गराइएको उनले बताए । नगरपालिकाको आर्थिक क्षमताभन्दा क्षतिपूर्तिको रकम बढी हुने भएकाले संघीय सरकारसँग सहयोग मागिएको उनको भनाइ छ । पर्खाल नलगाए निर्माणस्थल आसपासका १२ घर पहिरोको जोखिममा पर्ने उनले बताए ।

यसैबीच, राष्ट्रिय राजमार्गको मापदण्डविपरीत भवन निर्माण भइरहेको भन्दै सडक डिभिजन कार्यालय जुम्लाले गत वैशाखमै काम रोक्न नगरपालिकालाई पत्राचार गरेको थियो । सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्गको दायाँबायाँ ३१ मिटर क्षेत्रभित्र पक्की संरचना बनाउन नपाइने भए पनि नगरपालिकाले सडकबाट ६ मिटर मात्रै छाडेर भवन निर्माण गरिरहेको छ ।

भवन निर्माणले सडक सुरक्षामा जोखिम निम्त्याउने, भविष्यमा सडक विस्तार गर्न समस्या हुने र संरचना भत्काउनुपरे राज्यको लगानी खेर जाने भन्दै सडक डिभिजनले निर्माण रोक्न आग्रह गरेको थियो । तर, नगरपालिकाले उक्त आग्रह बेवास्ता गर्दै निर्माण अघि बढाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत साउनमा कर्णाली भ्रमणका क्रममा भवन निर्माण रोक्न नगरपालिकालाई निर्देशन दिएका थिए । उनले मन्त्रिपरिषद्बाट निर्णय गराएर अर्को भवनको व्यवस्था गर्ने आश्वासनसमेत दिएका थिए ।

तर, नगरपालिका भने भवन निर्माणलाई निरन्तरता दिने पक्षमा देखिएको छ । उपप्रमुख शाहीले मुख्य ठेकेदारलाई बोलाइसकिएको र तिहारपछि निर्माणको काम सुरु गरिने बताए ।

नगरपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का काठमाडौँको आरएनसीएस बिल्डर्सले १९ करोड ६२ लाख रुपैयाँमा पाएको हो । साततले भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । भवनको शिलान्यास २०८१ माघमा गरिएको थियो ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Manma_Kalikot_NPL_PCT-(2)-1793517489.JPG

Manma_Kalikot_NPL_PCT-(1)-1793517488.JPG

Manma_Kalikot_NPL_PCT-(5)-1793517487.JPG

Manma_Kalikot_NPL_PCT-(7)-1793517486.JPG

Manma_Kalikot_NPL_PCT-(8)-1793517486.JPG

Manma_Kalikot_NPL_PCT-(6)-1793517485.JPG

Manma_Kalikot_NPL_PCT-(9)-1793517485.JPG

Manma_Kalikot_NPL_PCT-(10)-1793517483.JPG

Manma_Kalikot_NPL_PCT-(11)-1793517483.JPG

Manma_Kalikot_NPL_PCT-(2)-1793517489.JPG

Manma_Kalikot_NPL_PCT-(1)-1793517488.JPG

Manma_Kalikot_NPL_PCT-(5)-1793517487.JPG

Manma_Kalikot_NPL_PCT-(7)-1793517486.JPG

Manma_Kalikot_NPL_PCT-(8)-1793517486.JPG

Manma_Kalikot_NPL_PCT-(6)-1793517485.JPG

Manma_Kalikot_NPL_PCT-(9)-1793517485.JPG

Manma_Kalikot_NPL_PCT-(10)-1793517483.JPG

Manma_Kalikot_NPL_PCT-(11)-1793517483.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।