नेभिगेशन
समाज

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

काठमाडौं । नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत समाचार कक्षमा प्रहरी प्रवेश गरी गरिएको धरपकड र समाचार स्रोत खुलाउन दिइएको दबाब प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन् ।

Marvel
Extreme Energy

उनका अनुसार एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा पार्टीका नेताहरूले नेपाल प्रेस कार्यालय पुगेर ऐक्यबद्धता जनाएका छन् । उनीहरूले पक्राउ परेका पत्रकार विश्वमणि सुवेदीसहित अन्य पत्रकारसँग भेटघाटसमेत गरेका छन् ।

बस्नेतले प्रेस स्वतन्त्रताको पक्षमा एमाले सधैँ पत्रकारहरूको साथमा रहने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।
देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्न आग्रह गरेका छन्।
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।