नेभिगेशन
सबै कुरा

निजी विमान कम्पनीहरुको मनपरी, काठमाडौँ-दिल्ली १३ हजार, धनगढी जान १७ हजार हवाई भाडा

२९ असोज। काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रति यात्रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन यात्रु मारमा परेका छन् । 

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको छ । ट्राभल स्टेसनकाअनुसार अहिले भारत जाने हवाई भाडादर ८ हजार देखि १४ हजारसम्म रहेको छ । 

Dish Home
Global Ime Bank

निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा  सात हजार नौसयबाट वृद्धि गरी  सत्र हजारभन्दा बढी पु¥याएको छ । 

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

हाल काठमाडौँ–धनगढीको भाडादर १४ हजार सातसय एकदेखि  १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम  सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य  अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । 

यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शल्क काठमाडाँैमा चारसय र धनगढीमा पाँच सय तोकिएको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रुहरुको गुनासो छ । 

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । 

   धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको दाबी गर्छन् । 

  निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation