नेभिगेशन
मुख्य समाचार

देशको पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी बराल

काठमाडौँ । सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ ।”

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । उनी पूर्वसूचना आयुक्तसमेत हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउनुहुँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने...
सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आइतबार नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो । आइतबार विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार...