नेभिगेशन
समाज

देशको पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी बराल

काठमाडौँ । सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ ।”

Ncell
Extreme Energy

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । उनी पूर्वसूचना आयुक्तसमेत हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भ्रष्टाचार मुद्दा चल्ने सूचनापछि एमालेले फिर्ता गर्यो नेताको उपचारमा राज्य कोषबाट खर्च भएको पैसा

भ्रष्टाचार मुद्दा चल्ने सूचनापछि एमालेले फिर्ता गर्यो नेताको उपचारमा राज्य कोषबाट खर्च भएको पैसा

‘जनस्वास्थ्य ऐन २०७५ को दफा ३० ले स्पष्ट भन्छ— कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नका लागि राज्यकोषबाट खर्च उपलब्ध गराइने छैन। तर, ऐन बनेकै वर्ष तत्कालीन प्रधानमन्त्री केपी...
छानबिन समितिमा सुधन गुरूङको बयान सकियाे

छानबिन समितिमा सुधन गुरूङको बयान सकियाे

गुरूङको सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नका सम्बन्धमा सरकार २०८३ वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने...
इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, २ हजार ३ सय नेपालीकाे माग

इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, २ हजार ३ सय नेपालीकाे माग

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५...
एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’