नेभिगेशन
सबै कुरा

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ, नेपालीको तथ्याङ्क नै राखिदैन

गण्डकी । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज – मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्क बाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्”, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भने, “मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीयको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शन भ्रमणका लागि आउँछन् ।”

Ncell
Extreme Energy

उनले कोभिड– १९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन विस्तारै लयमा फर्किरहेको बताए । कार्कीका अनुसार “मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन ।

जोमसोमस्थित सिर्जना होटल एण्ड थकाली भान्छाघरका सञ्चालक मनगुना थकालीका अनुसार मुस्ताङमा गत वर्षको तुलनामा आन्तरिक पर्यटक  धेरै कम भित्रिएका छन् । 

“दसैँको वरिपरि आन्तरिक पर्यटकको चाप बढ्थ्यो, होटल पाहुनाले भरिभराउ हुन्थे, अहिले मुख्य याममै होटलका कोठा खाली छन्”, 

 मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन नसकेको थकाली बताउँछिन् । 

मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित छन् । म्याग्दी हुँदै सडकमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रबिन कडरियाले बताए । 

“समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुकबाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको देखिन्छ”, प्रमुख डा कडरियाले भने । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...

भर्खरै