नेभिगेशन
सबै कुरा

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडाैँ : आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। 

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार शनिबार राति १ बजेर १९ मिनेटदेखि २ बजेर ३८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो ।  यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ। त्यस्तै पेनमबलर चन्द्रग्रहण भनिने उक्त ग्रहण १ घण्टा १९ मिनेटसम्म लाग्ने र प्रत्यक्ष आँखाले हेर्न सकिने खगोलविद्ले जनाएका छन् ।

Dish Home
Global Ime Bank

शनिबार राति लाग्न चन्द्रग्रहण २०८० सालमा लाग्ने एउट मात्रै ग्रहण भएको समितिले जनाएको छ।

चन्द्रग्रहण लाग्दा आज राती पृथ्वीको छायाँले चन्द्रमाको ६ प्रतिशत भाग ढाक्ने छ । 

ग्रहण लागेको समयमा बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ । 

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । 

नेपालसँगै एसियाली मुलुक, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि यो ग्रहण देखिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

“जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उनले भने, “दुम्कीवास पुल असार १६...
रास्वपाले तीनकुने घटनामा जलेका पत्रकार रजकका परिवारलाई तीन लाख सहयोग गर्ने

रास्वपाले तीनकुने घटनामा जलेका पत्रकार रजकका परिवारलाई तीन लाख सहयोग गर्ने

पार्टीको तेस्रो स्थापना दिवसका उपलक्ष्यमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सहयोगको घोषणा गरेका हुन् ।
कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने। म एउटा मान्छे...
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर पाटी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्रीमा...

भर्खरै