नेभिगेशन
समाज

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट । नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डिएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।
     
अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कमाण्ड टोलीले तालिमप्राप्त कुुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ । अभियानअन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद सिलवालका अनुसार अभियानअन्तर्गत यही भदौ १९ गतेदेखि हालसम्म ६५ शव व्यवस्थापन गरिएको छ भने ४६ नेपाली र एक भारतीय गरी ४७ शवको डिएनए परीक्षण गरिएको छ । 

Marvel

यसमध्ये आठ महिला, एक बालक, सात बालिका छन् । सङ्कलन गरिएका मध्ये ३७ ‘डिएनए’ नमुना नेपाल प्रहरी केन्द्र्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र १० नमुना पठाउन बाँकी रहेको छ । प्रहरीको लेभल–१ अस्पतालमा डिएनए नमुना सङ्कलन गरिएको छ ।
    
प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ । टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ  ।
   
अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने कामसमेत भइरहेको उनको भनाइ छ ।
  
बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा हराइरहेकाको उद्धार तथा खोजीलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिटलाई निर्देशन दिइएको छ ।
     
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना अहिले सुरुङलगायत जोखिमयुक्त स्थानमा उद्धार, सडक सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण, पीडितका आफन्तलाई बाढी क्षेत्रमा लाने÷ल्याउने आदि काममा केन्द्रित भएकाले प्रहरीले समुदायकेन्द्रित कामलाई जोड दिएको हो ।
    
नेपाल प्रहरीको ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ । कुकुर पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...