नेभिगेशन
सबै कुरा

सार्कका नयाँ महासचिवले कार्यभार सम्हाले

११ कात्तिक, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् । 

Ncell
Extreme Energy

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै