नेभिगेशन
सबै कुरा

सार्कका नयाँ महासचिवले कार्यभार सम्हाले

११ कात्तिक, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् । 

City Express

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तारकेश्वरबाट आउँदै गरेको  बस  माछापोखरीमा दुर्घटना, २० भन्दा बढी घाइते

तारकेश्वरबाट आउँदै गरेको बस माछापोखरीमा दुर्घटना, २० भन्दा बढी घाइते

प्रहरीका अनुसार माछापोखरी बाइपासको उकालो चोकमा बस पल्टिएको छ । थप विवरण आउन बाँकी छ ।
आज पितृपक्ष अर्थात सोह्र श्राद्धको अन्तिम दिन

आज पितृपक्ष अर्थात सोह्र श्राद्धको अन्तिम दिन

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी...
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही...
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निशुल्क खाना

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निशुल्क खाना

पहिरोका  कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।