नेभिगेशन
सबै कुरा

ठेकदार सांसद शाहीका फोटो पोल पोलमा टाँसेर स्थानीयको प्रश्न: 'बाटो कहिले बन्छ' ?

दैलेखका ठेकेदार सांसद दिक्पाल शाहीले १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएर अलपत्र पारेपछी स्थानीयले पोल पोलमा पोष्टर झुण्डाएका छन् । 

दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाही अनक जयदेवी जेभीका सञ्चालक हुन् । उनै ठेकेदार सांसदलाई पश्चिम सुर्खेतका नागरिकले ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ।’ भन्ने प्रश्न सहित पोष्टरमा टासेर विरोध गरेका हुन् । 

Dish Home
Global Ime Bank

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएर लामो समयदेखि अलपत्र पारेको छ । 

गत वर्षको असारमा पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तीको शिलान्यास गरेका थिए । 

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ...
संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

“सरकारले सो सम्बन्धमा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता गरेको छैन । जनताको आवाज नसुन्ने हो भने सरकार कसका लागि ? निर्बल, दुर्बलका लागि कि...
नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।
वीरगञ्ज नाका हुँदै ५ खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै ५ खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ७४ अर्ब नौ करोड...