नेभिगेशन
सबै कुरा

राष्ट्रसंघका महासचिव गुटेरसकाे राजनतीक भेटघाट सुरु

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले उच्चस्तरीय राजनतीक भेटघाट सुरु गरेका छन्।

आइतबार बिहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरसले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेका छन् । 

Dish Home
Global Ime Bank

सिंहदरबारस्थित  मन्त्रालयमा आइतबार दिउँसो उनीहरूबीच १५\१५ मिनेट कुराकानी भएको हो। 

यस पछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।


आजै  र नारायणकाजी श्रेष्ठसँग पनि उनले भेटवार्ता गर्ने छन् । आजै गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् भने साँझ प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा सहभागी हुने छन् । 

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

इरानमा रहेका नेपालीको उद्धार गरिदिन भारतलाई आग्रह

परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ...
संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

संसदमा रास्वपा र राप्रपाकाे विराेधका बिच १० मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल

“सरकारले सो सम्बन्धमा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता गरेको छैन । जनताको आवाज नसुन्ने हो भने सरकार कसका लागि ? निर्बल, दुर्बलका लागि कि...
नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।
वीरगञ्ज नाका हुँदै ५ खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै ५ खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ७४ अर्ब नौ करोड...