नेभिगेशन
सबै कुरा
फाेटाे फिचर :

सगरमाथा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो (फाेटाे फिचर)

साेलुखुम्बु :सगरमाथा क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शरद ऋतु र चाडवाडको समय भएका कारण यतिबेला पर्यटक र उनका सहयोगीहरुको आवागमनले लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बुचे, दिङ्बुचे, लोबुचे, गोरप्छेप, आधार शिविर लगायतका स्थानमा पर्यटकको ओइरो लागेको छ । 

Ncell
Extreme Energy


पर्यटकको संख्या बढेसँगै यतिबेला सगरमाथा क्षेत्रका होटल भरिभराउ छन् । यतिसम्म कि, बुकिङ नगरी पुग्ने पर्यटकहरुलाई डाइनिङ हलमा समेत सुताएर व्यवस्थापन गर्नुपर्ने अवस्था भएको स्थानीय होटल व्यवसायी बताउँछन् । 


सगरमाथा क्षेत्र पुग्नका लागि पर्यटकहरु हवाइ र सडक मार्ग दुवै प्रयोग गर्न सक्छन् । हवाइमार्ग प्रयोग गर्दा रामेछापको मन्थलीबाट उनीहरु सिधै लुक्ला पुग्छन् भने सडकमार्गबाट दोलखाको जिरि हुँदै सोलुखुम्बुको सल्लेरी, थामडाँडा पुग्ने गर्छन् । तर  पर्यटकको चाप बढ्दा पर्यटकहरुलाई आवागमनका लागि साधनको समेत अभाव भएको छ । 

यो समयमा आरोहीहरु सगरमाथाको आरोहणभन्दा पनि आधारशिविर र कालापत्थर पुगेर फर्कने गर्छन् । 


सगरमाथा क्षेत्रको भ्रमणका लागि भारत, चीन लगायत तेस्रो मुलुकका पर्यटकहरु समेत सोलुखुम्बु पुग्ने गर्छन् । तर कमजोर भौतिक पूर्वाधार, पर्यटकको उचित व्यवस्थापन साथै मौसमको प्रतिकुलताका कारण पर्यटक तथा पर्यटन व्यवसायीहरु मारमा पर्ने गर्छन् । 



तस्विर : टिएन भट्ट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै