नेभिगेशन
सबै कुरा
फाेटाे फिचर :

सगरमाथा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो (फाेटाे फिचर)

साेलुखुम्बु :सगरमाथा क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । 

शरद ऋतु र चाडवाडको समय भएका कारण यतिबेला पर्यटक र उनका सहयोगीहरुको आवागमनले लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बुचे, दिङ्बुचे, लोबुचे, गोरप्छेप, आधार शिविर लगायतका स्थानमा पर्यटकको ओइरो लागेको छ । 

Dish Home
Global Ime Bank


पर्यटकको संख्या बढेसँगै यतिबेला सगरमाथा क्षेत्रका होटल भरिभराउ छन् । यतिसम्म कि, बुकिङ नगरी पुग्ने पर्यटकहरुलाई डाइनिङ हलमा समेत सुताएर व्यवस्थापन गर्नुपर्ने अवस्था भएको स्थानीय होटल व्यवसायी बताउँछन् । 


सगरमाथा क्षेत्र पुग्नका लागि पर्यटकहरु हवाइ र सडक मार्ग दुवै प्रयोग गर्न सक्छन् । हवाइमार्ग प्रयोग गर्दा रामेछापको मन्थलीबाट उनीहरु सिधै लुक्ला पुग्छन् भने सडकमार्गबाट दोलखाको जिरि हुँदै सोलुखुम्बुको सल्लेरी, थामडाँडा पुग्ने गर्छन् । तर  पर्यटकको चाप बढ्दा पर्यटकहरुलाई आवागमनका लागि साधनको समेत अभाव भएको छ । 

यो समयमा आरोहीहरु सगरमाथाको आरोहणभन्दा पनि आधारशिविर र कालापत्थर पुगेर फर्कने गर्छन् । 


सगरमाथा क्षेत्रको भ्रमणका लागि भारत, चीन लगायत तेस्रो मुलुकका पर्यटकहरु समेत सोलुखुम्बु पुग्ने गर्छन् । तर कमजोर भौतिक पूर्वाधार, पर्यटकको उचित व्यवस्थापन साथै मौसमको प्रतिकुलताका कारण पर्यटक तथा पर्यटन व्यवसायीहरु मारमा पर्ने गर्छन् । 



तस्विर : टिएन भट्ट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छःसभापति देउवा

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छःसभापति देउवा

“गोर्खा सैनिकले प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठूलो सहयोग पुरÞ्याएका थिए, आज पनि नेपाली ब्रिटिस सेनामा सेवा गरिरहेका छन्, आज नेपाल र बेलायतबीचको...
मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्नु पर्ने अवस्था छः  राजेन्द्र लिङ्देन

मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्नु पर्ने अवस्था छः  राजेन्द्र लिङ्देन

अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ ।
कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो  रोकिएन

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो  रोकिएन

पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि...
बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर...