नेभिगेशन
सबै कुरा

राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको मृत्यु भएको छ । ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ । 

पर्वत घर भएका ढुंगाना घान्द्रुकमा कार्यरत थिए । गुटेरेसको सुरक्षाका लागि सहायक निरीक्षक ढुंगाना कात्तिक १२ गते लिकप्टरमा अन्नपूर्ण आधार शिविर पुगेका थिए । 

गुटेरेस हेलिकप्टरमै फर्किए । तर ढुंगाना भने हिँडेर फर्कदै थिए । आज बिहान स्वासप्रश्वासमा समस्या आएपछि उनी बास बसेको स्थान हिमालयबाट हेलिकप्टरमा पोखरा ल्याइएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...