नेभिगेशन
सबै कुरा

४ दशकदेखि खन्न सुरु गरिएको धादिङबेँसी–तिप्लिङ सडक बल्ल छिचोलियोे सडक सञ्जाल

धादिङ । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए । रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको हो । विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए । 

City Express

धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियाबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ । तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो ।

धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिए । सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको तामाङले बताए । 

मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ । पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन् । सडक सञ्जाल जोडिए पनि सबैखालका मोटर भने जान सक्दैन । धेरै घुम्ती र उकालो–आरालो अत्यधिक भएकाले जोखिम भने थुप्रै छ । खोलामा पुल नहुँदा पानीमै जोखिम मोल्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दशैँमा नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी (भिडियोसहित)

दशैँमा नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी (भिडियोसहित)

‘नागढुंगा सिस्नेरी सुरुङमार्ग सम्बन्धमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका...
नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलाको पहिरो हटेन,आइतबार बिहानसम्म बाटो बन्द

नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलाको पहिरो हटेन,आइतबार बिहानसम्म बाटो बन्द

शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने...
‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर

‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर

जसको ३८ औँ नम्बरमा नेपालका विपिन जोशीको पनि तस्वीर राखिएको छ । हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको तस्वीरमा उनीहरुको अवस्था बारे खास खुलासा गरिएको भने छैन ।
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ...