नेभिगेशन
सबै कुरा
जाजरकोटको भूकम्प

मध्यरातमा भुकम्पः १८ जना भन्दा धेरैको मृत्यु, सयौँ घाइते

काठमाडौँ । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा ठुलो क्षती भएको छ । राति सबै जना सुतेका समयमा आएका भुकम्पले ठुलो जनधनको क्षती गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प मापन गरिएको छ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार भुकम्पमा परी अहिलेसम्म कर्णालीमा मात्रै १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार जाजरकोटमा ७ जना र रुकुम पश्चिममा ११ जनाको ज्यान गएको छ ।  क्षतीको पूर्ण विवरण भने आइसकेको छैन । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्रै ७ जनाको मृत्यु भएको छ । जाजरकोटका धेरै घर भत्किएकाले मृत्युको संख्या अझै बढन सक्ने प्रहरीले जनाएको छ। 

जाजरकोट जिल्ला अस्पतालमा ४० भन्दा धेरै घाइते उपचारका लागि पुगेका छन् । 

यस्तै रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा मात्रै एकै परिवार ६ जना सहित ११ जना मृत्यु भएको छ । 

रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।

सानीभेरी गाउँपालिका २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाध्यक्ष मनोज जिसीले जानकारी दिए । 

जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको छ ।  भेरी नगरपालिकाकामात्रै ् ८ जनाको मृत्यु भएको घर्तीले बताए । 

उनका अनुसार सबै घर चर्किएका छन् । घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भएको छ । 

यस्तै कालीकोटको शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको ढुंगाको छाना भएको घर भत्किएको छ ।

कर्णाली प्रदेश प्रहरीका डिआईजी भिमप्रसाद ढकालका अनुसार जाजरकोट सदरमुकाममा पर्खाल भत्किदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएका छन् । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको मुरुडाडामा भत्किएका घरमा एकजना मान्छे च्यापिएको स्थानीयले बताएका छन् । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठुलीबार्खुमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार आठबिसकोटमा कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएका छन् ।  भूकम्पको धक्का देशका अन्य भागहरूका साथै राजधानी काठमाडाैँमा समेत अनुभव भएकाे थियाे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै