नेभिगेशन
सबै कुरा
जाजरकोटको भूकम्प

मध्यरातमा भुकम्पः १८ जना भन्दा धेरैको मृत्यु, सयौँ घाइते

काठमाडौँ । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा ठुलो क्षती भएको छ । राति सबै जना सुतेका समयमा आएका भुकम्पले ठुलो जनधनको क्षती गरेको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प मापन गरिएको छ।

प्रहरीका अनुसार भुकम्पमा परी अहिलेसम्म कर्णालीमा मात्रै १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार जाजरकोटमा ७ जना र रुकुम पश्चिममा ११ जनाको ज्यान गएको छ ।  क्षतीको पूर्ण विवरण भने आइसकेको छैन । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्रै ७ जनाको मृत्यु भएको छ । जाजरकोटका धेरै घर भत्किएकाले मृत्युको संख्या अझै बढन सक्ने प्रहरीले जनाएको छ। 

जाजरकोट जिल्ला अस्पतालमा ४० भन्दा धेरै घाइते उपचारका लागि पुगेका छन् । 

यस्तै रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा मात्रै एकै परिवार ६ जना सहित ११ जना मृत्यु भएको छ । 

रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।

सानीभेरी गाउँपालिका २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाध्यक्ष मनोज जिसीले जानकारी दिए । 

जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको छ ।  भेरी नगरपालिकाकामात्रै ् ८ जनाको मृत्यु भएको घर्तीले बताए । 

उनका अनुसार सबै घर चर्किएका छन् । घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भएको छ । 

यस्तै कालीकोटको शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको ढुंगाको छाना भएको घर भत्किएको छ ।

कर्णाली प्रदेश प्रहरीका डिआईजी भिमप्रसाद ढकालका अनुसार जाजरकोट सदरमुकाममा पर्खाल भत्किदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएका छन् । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको मुरुडाडामा भत्किएका घरमा एकजना मान्छे च्यापिएको स्थानीयले बताएका छन् । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठुलीबार्खुमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार आठबिसकोटमा कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएका छन् ।  भूकम्पको धक्का देशका अन्य भागहरूका साथै राजधानी काठमाडाैँमा समेत अनुभव भएकाे थियाे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।