नेभिगेशन
सबै कुरा
जाजरकोट भूकम्प

भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

जाजरकोट । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए ।  

Ncell
Extreme Energy

जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेको उनको भनाइ छ ।

रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए। शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका...
विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने...
अनुदानमा उपलब्ध रासायनिक मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

अनुदानमा उपलब्ध रासायनिक मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई...
पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताएका छन् । भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउदै उनले  भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम...