नेभिगेशन
समाज

मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्नु पर्ने अवस्था छः  राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसंग जनप्रतिनिधि: बिचार बिमर्श कार्यक्रममा लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताए ।

Ncell
Extreme Energy

अख्तियार लगाएत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागवण्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरुबाट भ्रष्टाचारीलाई कारवाही हुने सम्भावना कम रहेको बताए । लिङदेनले अहिलको संविधान र व्यवस्था ल्याउने नेताहरुमा समेत समस्या रहेको धारणा राखेका थिए ।

अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ । 

त्यस्तै लिङ्देनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरुलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...