नेभिगेशन
सबै कुरा

भूकम्प प्रभावित क्षेत्रमा पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ ।

Ncell
Extreme Energy

पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ ।  

पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीकातर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ । साथै सांसद डा तोसिमा कार्की र डा प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावलले टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ । पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको  छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै