नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

भूकम्प अपडेट : १५७ को मृत्यु, १६६ घाइते

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ भने १ सय ६६ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या १ सय ५ जना पुगेको छ भने रुकुम पश्चिममा ५२ जनाको शव संकलन भएको छ । यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन् ।

Ncell
Extreme Energy

घाइतेहरुलाई अवस्था हेरेर स्वास्थ्य संस्था, जिल्लाका विभिन्न अस्पताल, सुर्खेत, नेपालगन्ज र काठमाडौँका अस्पतालमा समेत ल्याएर उपचार गरिँदै छ । 

त्यस्तै भत्किएका संरचनाभित्र कोही थुनिएको वा पुरिएको छ कि भनेर खोजीकार्य तिब्र बनाएको प्रहरीले जनाएको छ । जसका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।

दुर्गम पहाडी भूभाग, त्यसमाथि भूकम्पका कारण सडक र संचार सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या भएको हो । त्यस्तै प्रहरीले उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै