नेभिगेशन
सबै कुरा
वैदेशिक राेजगारी :

नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा बहालवाला प्रहरीसहित ९ जना पक्राउ

नक्कली कागजात बनाएर विभिन्न देशमा नेपालीहरुलाई पठाएको आरोपमा बहालवाला प्रहरीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिजिट भिषामा विदेश जानेहरुको कागजात शंकास्पद देखिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि १ हजार ३२ थान कागजात अपराध अनुसन्धान कार्यालयलाई बुझाएको थियो । सोही काजगातलाई आधार बनाएर अनुसन्धान गरेको प्रहरीले विभिन्न मितिमा ९ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

Ncell
Extreme Energy


पक्राउ पर्नेहरुमा नवलपुर मध्यबिन्दु नगरपालिका–५ का ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ कि ३४ वर्षीय भक्तबहादुर थापा, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २१ वर्षीय विपिन ढकाल, सुलिकोट–४ का २३ वर्षीय अजित फेवाली, उदयपुरको बेलका नगरपालिका–१ का ३० वर्षीय आशिष श्रेष्ठ, काभ्रेको पाँचखाल नगरपालिका–३ का २८ वर्षीय जीवराम तामाङ, काठमाडौं–३२ का २३ वर्षीय साइरस विशंखे, काठमाडौं–१ का ३८ वर्षीय दीपक केसी, सल्यानको कालिमाटी–३ का ४२ वर्षीय बलबहादुर रावत रहेका छन् । 

पक्राउ परेका व्यक्तिहरुले नक्कली काजजात बनाउन विभिन्न स्थानमा फरकफरक भूमिका निभाउने गरेको खुलेको छ । जसमध्ये आशिष र जीवराम तामाङले नक्कली कागजातका लागि सेटिङ मिलाउने गरेको प्रहरीको भनाई छ । जिवराम तामाङ विमानस्थलमै कार्यरत बहालवाला प्रहरी जवान हुन्।

उनले विदेश जान चाहनेहरुसँग सम्पर्क गर्ने, उनीहरुलाई कुन–कुन कागजात चाहिने त्यो बुझ्ने र उक्त कागजात बनाउन लाग्ने रकम उठाउने, टिकट बुकिङ् गरिदिने साथै होटल बुकिङ् गर्ने कार्य गर्ने गर्थे । 

पक्राउ परेका ९ जनाले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, नक्कली प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु बनाउने गरेको खुलेको छ  ।


प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरि अनुसन्धानलाई तिव्र बनाएका कारण थप व्यक्ति प्रकाउ पर्नसक्ने प्रहरीको भनाई छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।