नेभिगेशन
सबै कुरा

राष्ट्रपतिकाे युराेप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेल तत्कालका लागि युरोप भ्रमणमा नजाने भएका छन् ।

पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने तयारीमा रहेका पौडेलले जाजरकोटमा भूकम्प आएर ठूलो संख्यामा धनजनको क्षति भएपछि तत्कालका लागि भ्रमण कार्यक्रम स्थगित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Dish Home
Global Ime Bank

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट उनको भ्रमण स्विकृतसमेत भएपनि भूकम्पले गर्दा भ्रमण रोकिएको हो । उनी पेरिसमा हुने कार्यक्रममा भाग लिएर संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम रहेको थियो  । 

जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५६ जनाको ज्यान गएको छ भने ३ सय ३८ जना घाइते भएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

त्यसपछि आफ्ना कुरा अगाडि बढाएका सांसद सिंहले सरकारले आफ्ना मन्त्री भएका जिल्लामा मात्रै बजेट थुपरेको अन्य जिल्ला शून्य रहेको भन्दै आक्रोश पोख्छन् । त्यस्तै बजेट दिन नसक्ने भए...
रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमार्फत ६ बुँदे निर्णय गरेको छ। पार्टीले देशको पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण,...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको...
मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्नु पर्ने अवस्था छः  राजेन्द्र लिङ्देन

मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्नु पर्ने अवस्था छः  राजेन्द्र लिङ्देन

अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ ।