नेभिगेशन
सबै कुरा

राष्ट्रपतिकाे युराेप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेल तत्कालका लागि युरोप भ्रमणमा नजाने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने तयारीमा रहेका पौडेलले जाजरकोटमा भूकम्प आएर ठूलो संख्यामा धनजनको क्षति भएपछि तत्कालका लागि भ्रमण कार्यक्रम स्थगित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट उनको भ्रमण स्विकृतसमेत भएपनि भूकम्पले गर्दा भ्रमण रोकिएको हो । उनी पेरिसमा हुने कार्यक्रममा भाग लिएर संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम रहेको थियो  । 

जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५६ जनाको ज्यान गएको छ भने ३ सय ३८ जना घाइते भएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।