नेभिगेशन
सबै कुरा

राजश्व हिनामिना आरोपमा ४ मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरुद्ध ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरुद्ध १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ । 

Ncell
Extreme Energy

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध रु एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध रु पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ । आरोपी सबैलाई कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।