नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

भूकम्प प्रभावित क्षेत्रमा नागरिकले राहत पाए नपाएको अध्ययन गर्न राज्य व्यवस्था समितिको टोली त्यसतर्फ जाँदै

भूकम्प प्रभावित स्थानका पीडितहरुले राहत पाएका छन् वा छैनन् भन्ने विषयको अनुगमनका लागि  प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली जाजरकोट र रुकुम पश्चिम जाने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका सभापति रामहरि खतिवडाका अनुसार समितिका ९ सदस्यीय टोली बुधबार बिहान भूकम्प प्रभावित जिल्लाहरुमा जाने र त्यहाँको वस्तुगत स्थिति अध्ययन गरी सरकारलाई निर्देशन दिने तयारी रहेको छ । 

Ncell
Extreme Energy

सभामुख देवराज घिमिरेले संसद्को अधिवेशन नभएकोले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति घटनास्थलमा गएर अध्ययन गर्न निर्देशन दिएसँगै आफूहरु जान लागेको सभापति खतिवडाले बताए । 

उनले राज्यलाई समस्या परेको समयमा घटना घटेको स्थानमा पुग्ने, अध्ययन गर्ने लगायतका सम्पूर्ण खर्च सरकारलाई व्यहोर्न नलगाई आफूहरुले नै व्यहोर्ने समेत बताएका छन् । उक्त टोलीले भूकम्प प्रभावित स्थानका जनताहरुको अवस्था, उनीहरुले राहत पाए नपाएको विवरण लगायतका विषयमा केन्द्रित रहेर अध्ययन  गर्ने जनाइएको छ । 

भोलि जाजरकोट र रुकुम पश्चिम जाने ९ सांसदहरुको सूचिमा गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत रहेका छन् । उनीहरुको टिकट काटिसकेको खतिवडाले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।