नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

भूकम्प प्रभावित क्षेत्रमा नागरिकले राहत पाए नपाएको अध्ययन गर्न राज्य व्यवस्था समितिको टोली त्यसतर्फ जाँदै

भूकम्प प्रभावित स्थानका पीडितहरुले राहत पाएका छन् वा छैनन् भन्ने विषयको अनुगमनका लागि  प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली जाजरकोट र रुकुम पश्चिम जाने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका सभापति रामहरि खतिवडाका अनुसार समितिका ९ सदस्यीय टोली बुधबार बिहान भूकम्प प्रभावित जिल्लाहरुमा जाने र त्यहाँको वस्तुगत स्थिति अध्ययन गरी सरकारलाई निर्देशन दिने तयारी रहेको छ । 

Ncell
Extreme Energy

सभामुख देवराज घिमिरेले संसद्को अधिवेशन नभएकोले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति घटनास्थलमा गएर अध्ययन गर्न निर्देशन दिएसँगै आफूहरु जान लागेको सभापति खतिवडाले बताए । 

उनले राज्यलाई समस्या परेको समयमा घटना घटेको स्थानमा पुग्ने, अध्ययन गर्ने लगायतका सम्पूर्ण खर्च सरकारलाई व्यहोर्न नलगाई आफूहरुले नै व्यहोर्ने समेत बताएका छन् । उक्त टोलीले भूकम्प प्रभावित स्थानका जनताहरुको अवस्था, उनीहरुले राहत पाए नपाएको विवरण लगायतका विषयमा केन्द्रित रहेर अध्ययन  गर्ने जनाइएको छ । 

भोलि जाजरकोट र रुकुम पश्चिम जाने ९ सांसदहरुको सूचिमा गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत रहेका छन् । उनीहरुको टिकट काटिसकेको खतिवडाले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...